election background

प्रतिनिधि सभा निर्वाचन २०८२

विपिन जोशी र उनीसँगै मरेका सपनाहरू

विपिन जोशी र उनीसँगै मरेका सपनाहरू

इजरायल। कस्तो बिडम्बना, दुई वर्षदेखि भाइटीका लगाउन नपाएकी पुष्पाको हातमा तिहारकै बेला दाजुको लास पुग्यो । यो एउटा वाक्य होइन, यो हजारौं आँसु, सयौं रात र दुई वर्षको मुनामुनि मरेको आशाको कथा हो।

२०२३ अक्टोबर ७। विश्व स्तब्ध भएको दिन इजरायलको दक्षिणी सिमाना हुँदै हमासले गरेको क्रूरतम आक्रमणले हजारौं निर्दोष नागरिकको ज्यान लियो। त्यसै दिन, किबुत्ज़ आलुमिममा रहेका १७ नेपाली विद्यार्थीमध्ये १० जनाको ज्यान गयो। बाँकी मध्ये केही घाइते भए र एकजना विपिन जोशी हराए।

जोशी नेपालका युवक, कृषि अध्ययनका लागि आएका थिए। पढ्न र काम गर्न, अनि फर्केर आफ्ना आमाबुबालाई गर्व गराउने सपना थियो। तर त्यो दिन उनी युद्धकै बन्धक बने।

हमासको आक्रमण र नेपालीहरू

त्यो बिहान सूर्य उदाएको थियो, तर दक्षिण इस्रायलमा मृत्युको बादल फैलिइरहेको थियो। हमासका लडाकूहरूले सीमा पार गर्दै इजरायली गाउँ, किबुत्ज र प्रशिक्षण केन्द्रहरूमा अन्धाधुन्ध गोली चलाए। नेपाली विद्यार्थीहरू रहेकोकिबुट्ज आलुमिममा पनि गोलाबारी भयो।

केही विद्यार्थीहरूले चिच्याउँदै भनेका थिए “हामी नेपाली हौं, कृपया हामीलाई केही नगर्नुहोस्।” तर युद्धमा कोही निर्दोष हुँदैन। त्यही क्षण, १० जना नेपाली विद्यार्थीहरूको सपना बारुदको धुलोमा परिणत भयो।

तीमध्ये विपिन मात्र बाँचेका थिए, तर अपहरणमा परे। इजरायली सेनाको अनुसार, विपिनलाई गाजामा लगियो। तर दुई वर्षसम्म न त उनको अवाज सुनियो, न त शरीर देखियो। आखिर २०२५ अक्टोबरमा, युद्धविरामको बेला इजरायलले घोषणा गर्‍यो “विपिन जोशी अब जीवित छैनन्।”

पुष्पा जोशीको पर्खाइ

पुस्पा जोशी, विपिनकी बहिनी। जब दाजु अपहरणमा परे, उनले आफ्नो जीवन पर्खाइमा बिताइन्, प्रत्येक तिहारमा उनी फूलले माला बनाउँथिन्। प्रत्येक बिहान, दाजुको फोटो अगाडि घोप्टिँथिन्।

तीन तिहार बिते। पहिलो तिहारमा, उनले माला बनाएर टीका राखिन्, तर दाजु फर्केनन्। दोस्रो तिहारमा, उनले आँसु पुछिन् तर खबर अझै आएन ।
अहिले तेस्रो तिहारमा, तर खबर आयो जसले सबै उज्यालो एकैपटक मेटायो “दाजु अब छैनन्।”

कस्तो पीडा भयो होला ? दुई वर्षसम्म “उनी फर्किन्छन्” भन्ने आशामा बाँचेकी बहिनीलाई ! अन्ततः तिहारकै दिन पुग्ने भयो दाईको लास भन्ने वाक्य सुन्नु पर्‍यो ।null

उनी रित्तो भइन् । तर केवल उनी मात्र होइनन् । त्यो दिन रित्तो भयो नेपालका ती १० अन्य विद्यार्थीहरूको परिवार पनि, जसले आफ्ना छोराहरूलाई विदेश पठाउँदा “उज्वल भविष्य” सोचेका थिए ।

नेपालदेखि गाजासम्म – एक दाजु बहिनीको कथा

विपिनको जीवन सामान्य थियो। उनी गाउँमा मिलनसार, पढ्ने र सहयोगी स्वभावका थिए। कृषि अध्ययन गर्न इजरायल जान पाउँदा गाउँलेहरूले “अब त तिम्रो भविष्य सुनौलो छ” भनेका थिए। तर त्यो भविष्य बारुदको आवाजले थाम्यो।null

पुष्पा त्यतिबेला नेपालमै थिइन्। युद्धको समाचार सुन्दा र दाजु हराएको खबर सुन्दा उनी बेहोस भइन्। त्यसपछि सुरु भयो लामो प्रतिक्षा कहिले फर्किन्छन्, कसरी फर्किन्छन् यही प्रश्नको उत्तर खोज्दै उनले सयौं कागज, सयौं दूतावास, सयौं आशा दोहोर्याइन, हिडिन, कराइन बोलिन । 

दुई वर्षसम्म उनी “दाजु फर्किन्छन्” भन्ने आशामा बाँचेकी थिइन् । तर जब २०२५ तिहार नजिकियो दूतावासबाट खबर आयो उनी अब फर्किँदैनन्।

रित्तिएका घरहरू, रित्तिएको देश

हमास-इजरायल युद्धले विपिन मात्र होइन, उनका जस्तै १० जना नेपाली परिवारलाई पनि रित्तो बनायो। नेपालका गाउँहरूमा अब पनि त्यस्ता घर छन्, जहाँ तिहारमा बत्ती बल्दैन। जहाँ भाइटीका साटिँदैन, केवल तस्बिरमा टीका लगाइन्छ। जहाँ बहिनीहरू माला बनाउँछन् तर कसैको निधार छैन। सबैका सपना एउटै थिए “पढ्ने, काम गर्ने, फर्किने।” तर अब फर्किने कुरा मात्रै सम्झनामा छ ।

दुई वर्षको पर्खाइ – दुई सेकेन्डको खबर

पुष्पाको जीवन एउटा प्रतीक बन्यो। दुई वर्षसम्म उनी प्रत्येक खबर सुन्दै, प्रत्येक समाचार पढ्दै, प्रत्येक फोन उठाउँदै सोच्थिन् “अब त दाजुको खबर आउला” तर अन्ततः खबर आयो, त्यो केवल दुई सेकेन्डको वाक्य थियो “विपिन जोशी अब जीवित छैनन्” त्यो वाक्यले दुई वर्षको प्रतिक्षा, दुई सय प्रार्थना र दुई सय आँसु एकै पटक भत्काइदियो।

तिहारको अर्थ फेरिएको दिन

तिहार उज्यालोको पर्व, माया, भाइबहिनी र दाजुभाईहरुको पर्व तर पुष्पाका लागि त्यो दिन अब सधैं अँध्यारो रहला। उनका लागि तिहार दाजु फर्किने आशा होइन दाजुको अन्तिम सम्झना रहने भयो ।

दाजुको शरीर आँगनमा आइपुगेपछि, उनका हातले टीका राख्लिन्,तर त्यो टीका निधारमा होइन बाकसमा हुनेछ । बहिनीले हात जोडेर आँसुले माला लगाउँदै भन्लिन्, “दाजु, तिमी फर्कियौ, तर यसरी किन फर्कियौ”

समाज र राज्यप्रतिको प्रश्न

यो कथा केवल विपिन र पुष्पाको मात्र होइन । यो हजारौं नेपाली आमा बुबाको कथा हो जसले आफ्ना छोराछोरीलाई वैदेशिक अवसरको नाममा टाढा पठाउँछन् । हाम्रो राज्यले, हाम्रो प्रणालीले, कसरी विद्यार्थीहरू युद्धको बारुदमुनि परे ? किन दुई वर्षसम्म एक परिवारले केवल प्रतीक्षा मात्रै गर्नुपर्ने अवस्था आयो ?

यी प्रश्नहरू केवल भावनात्मक होइनन्, नीतिगत हुन र जबसम्म यस्ता प्रश्नको जवाफ पाइँदैन, विपिनको जस्तै र अन्य यस्तै फरक फरक कथाहरु दोहोरिँदै जानेछन्।

दुई वर्षको पर्खाइपछि जब पुष्पाले दाजुको बाकस खोलेर टुलुटुलु हेरेर भन्नेछिन । “दाजु, मैले हरेक तिहारमा तिमीलाई टीका लगाउने सोच्थें तर अब तिमी म भन्दा टाढा, जहाँ बाट टीका पनि पुग्दैन।

एक पीडाको सम्झना

हमास-इजरायल युद्धले विपिन जोशीलाई लिएर गयो तर बहिनी पुष्पा जोशीलाई बाँकी राख्यो रित्तो दाईबिना । ती १० परिवारहरू जसका घरमा अझै पनि तिहार मनाइँदैन। ती दिदीबहिनीहरू जसका हातमा टीका अझै सुख्खा छन् र ती आमाबुबा जसका आशाहरू अझै बाकसमा थुनिएका छन्।

यो कथा हाम्रो देशको सिसाको प्रतिबिम्ब हो जसमा हामीले परदेशमा पठाएका आफ्ना सपनाहरू टुक्रिएका देख्छौं। यहि प्रतिबिम्बको कथाको अन्तिम अध्याय आजबाट सकिएको छ । सकिएको छ ति बहिनिको चित्कार, सकिएको छ ति आमाको रोधन, सकिएको छ ति नेपालीहरु आवाज । अलबिदा विपिन भाई ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.