election background

प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्रिय सम्मानका साथ विपिन जोशीको महाकालीमा गरियो अन्त्येष्टि

राष्ट्रिय सम्मानका साथ विपिन जोशीको महाकालीमा गरियो अन्त्येष्टि
तस्बिर : शिवराज भट्ट

धनगढी :  प्यालेस्टिनी विद्रोही समूहले बन्धक बनाएको अवस्थामा मारिएका कञ्चनपुरका विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरलाई बुवा महानन्द जोशीले दागबत्ती दिएका छन्। त्यसअघि सशस्त्र प्रहरीको एउटा टुकडीले सलामी अर्पण गरेको थियो।

null

अन्त्येष्टिअघि विपिनको शवयात्रा निकालिएको थियो। शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका इजरायली प्रतिनिधिको टोली,आफन्त र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।

इजरायलले नेपाललाई हस्तान्तरण गरेपछि विपिनको शव सोमबार काठमाडौं ल्याइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्कीलगायत सरकारका प्रतिनिधिलगायतले विपिनप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। सोमबार नै नेपाली सेनाको स्काईट्रकले धनगढी पुर्‍याएको शव  कञ्चनपुरको भिमदत्त नगरपालिकास्थित उनको निवासमा पुर्‍याएको थियो।

null

हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३  गते अपहरण गरेको थियो। उनी अपहरण परेको केही समयसम्मको जीवित भिडियो केही समयअघि सार्वजनिक भएको थियो। 

null

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि हमासले जोशीको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको हो। इजरायलले पठाएको फोरेन्सिक परीक्षण रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.