पुष्प व्यवसायीमा आकर्षित हुँदै युवा

पुष्प व्यवसायीमा आकर्षित हुँदै युवा

डडेल्धुरा : पुष्प व्यवसायमा डडेल्धुराका युवाको आकर्षण बढिरहेको छ। यस जिल्लाका आधा दर्जन युवा पुष्प व्यवसायमा लागेका छन्। थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने पुष्प व्यवसायप्रति युवाको आकर्षण बढेको हो। 

चार वर्ष अगाडि डडेल्धुराको दुर्गम गाउँमा अजयमेरु ५ मा पुष्प व्यवसाय सुरु गरेका एक व्यवसायीले विभिन्न समस्या झेलेको बताए। चार वर्ष अगाडि दुर्गमबस्ती बाटो घाटोको न्यून संभावना भएको ठाउँमा पुष्प व्यवसाय गर्दा घरपरिवारका मानिसले समेत आम्दानीको स्रोत फूलखेती बन्छ भन्ने पत्याएका थिएनन्। अजयमेरु ५ वाट डडेल्धुरा सदरमुकामसम्म डोकोमा फूल बोकेर बेचेको स्मरण गर्दै व्यवसायी टेकराज पाठक भन्छन्, ‘अहिले घरमा नै फूल खरिद गर्न आउनेको लर्को छ।’ null

जिल्लाको अजयमेरु गाउँपालिका ५ झिकनी गाउँका ३४ वर्षका टेकराज पाठकले सयपत्री फूलको व्यवसाय थालनी गरेको चार वर्ष भयो। उनी स्थानीय जातको सयपत्री र अन्य पुष्प उत्पादन गर्दै आएका छन्। ‘कर्मा ५५५’ र ‘टेनिस बल’ जातका फूल उत्पादन गरि बजारमा भ्याइनभ्याइ भएको पाठकको भनाइ छ। उनले कृषि प्राविधिक शिक्षा अध्ययन गरेका हुन्। उनले तरकारी र परम्परागत खेतिपाती लाई चुनौती दिँदै पुष्प व्यवसायमा थालनी गरेको बताउँछन्। 

कृषि ज्ञान केन्द्रबाट टनेल र गाउँपालिकाबाट थोपा सिँचाइका लागि पाइप सहयोग पाएको पाठकको भनाइ छ। फूल खेतीलाई वर्षभरि व्यवसायका रूपमा बिस्तार गरिरहेका उनले दसैं–तिहारको सिजनमा डडेल्धुरा सदरमुकाम तथा धनगढीसम्म फूलहरू बिक्री गर्छन्। डडेल्धुरामा उत्पादित फूल अहिले स्थानीय बजारमा मात्रै नभई सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा समेत बिक्री हुने गरेको उनी बताउँछन्। किसानले तयार पारेका फूलको माला १ सयदेखि २ सय रुपैयाँ र प्रतिकेजी चार सयदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।

स्थानीय सरकारले यसलाई प्राथमिकता नदिँदा बजार विस्तारमा कठिनाइ भोग्नुपरेको उनीहरूले पुष्प व्यवसायीको दुखेसो रहेको छन्। त्यस्तै, बिउ र सिँचाइको असुविधा तथा बजारमा आयातित कृत्रिम मालाले व्यवसायमा असर परेको व्यवसायीहरूको पीडा छ। कृषि ज्ञान केन्द्र डडेल्धुराका अनुसार पुष्प खेतीलाई प्रोत्साहन गर्न कार्यालयबाट बिउ वितरण, प्राविधिक सहयोग गरिँदै आएको जनाएको छ।null

डडेल्धुराको अमरगढी नगरपालिका–१ डोलाका सुरत ऐर पनि युुवा पुष्प व्यवसायी हुन्। पछिल्लो समयमा पुष्प व्यवसायमा लागेर घरपरिवारको आम्दानीको मुख्य स्रोत पुष्प खेती वनेको सुरतको भनाई छ। अहिले उनका खेतगरा सयपत्री फूलले ढकमक्क बनेको छ। व्यावसायिक रूपमा पुष्प खेती गर्दै आएका ऐर तिहार नजिकिँदै गर्दा खेतमै व्यस्त रहन्छन्। पुलका लागि तिहारको समय विशेष मानिन्छ। उनि अहिले फूललाई टिप्न र बजार तथा घरसम्म पुगाउनमा व्यस्त रहेको बताउँछन्।

विदेशको सट्टा गाउँमै केही गर्नुपर्छ भन्ने सोचले पाँच वर्षअघि उनले फूल खेती सुरु गरेका बताउँछन्। कृषि विषयमा स्नातकोत्तर अध्ययन गर्दै आएका सुरत भन्छन्, ‘प्लास्टिकका आयातित माला किन्नेभन्दा आफ्नै गाउँमा फुलेका फूलको माला प्रयोग गर्नुमा गर्व मान्नुपर्छ।’ स्वास्थ्यका हिसावले पनि फाइदा पुग्ने र वतावरणीय हिसावले पनि राम्रो मानिने व्यवसाय ऐरले करिब डेढ रोपनी जमिन सयपत्री फूल रोपेर उत्पदन गरी बिक्री गरिरहेका छन्। यो व्यवसायबाट उनले राम्रो आम्दानी गरिरहेका छन्।

पछिल्ला वर्षमा यहाँका अन्य युवा पनि पुष्प खेतीतर्फ आकर्षित भएका छन्। उनीहरूका अनुसार फूल खेतीले रोजगारीका साथै स्थानीय उत्पादन प्रबद्र्धन गर्ने अवसर दिएको छ। परशुराम नगरपालिका–४ कटालका युवा चक्रसिंह माल पनि पुष्प व्यवसायी हुन्। उनले तीन वर्षअघि तीन रोपनी खेतमा सयपत्री खेती सुरु गरेको बताए। अहिले उनी ‘कर्मा ५५५’ जातको सयपत्री फूल उत्पादन गर्दै आएका छन्। दसैं, तिहार र छठ पर्वमा उनले उत्पादन गरेका फूल डडेल्धुरा बजारदेखि धनगढीसम्म पुगाएको जनाए। फूलको माग बढ्दै गएको भए पनि प्लास्टिकका मालाले केही असर भने पारेको पुष्प व्यवसायीको भनाइ छ।null

स्थानीय सरकारले वतावरण स्वच्छता र मानव शरीरमा हुने असरबाट जोगाउन प्लास्टिक जन्य कुरालाई निशेध गर्नुपर्ने देखिन्छ। स्थानीय उत्पादित चिज वस्तुलाई प्राथमिकतामा राखी व्यावसायिक रूपमा पुष्पखेती गर्ने र गरिरहेका किसानलाई प्रोत्साहन गर्नुपर्ने किसान बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.