election background

प्रतिनिधि सभा निर्वाचन २०८२

ओपनएआईले गर्‍यो नयाँ एआई वेब ब्राउजर लन्च

ओपनएआईले गर्‍यो नयाँ एआई वेब ब्राउजर लन्च

काठमाडौं : च्याटजीपीटी निर्माता ओपनएआईले  आफ्नो पहिलो एआई–सञ्चालित वेब ब्राउजर ʻच्याटजीपीटी एटलसʼ लन्च गरेको छ। यसलाई धेरै विश्लेषकले गुगल क्रोमको सबैभन्दा ठुलो प्रतिद्वन्द्वीको रूपमा हेरेका छन्।

कम्पनीका सीईओ साम अल्टम्यानले एटलसले परम्परागत ब्राउजर अनुभवलाई पूर्ण रूपमा रूपान्तरण गर्ने बताए। यसले ठेगाना पट्टीको सट्टा सिधै च्याटजीपीटी इन्टरफेसबाट काम गर्ने उनले बताए।  

एटलसको पहिलो संस्करण हाल एप्पल म्याकोसका लागि जारी गरिएको छ। प्रयोगकर्ताले च्याटजीपीटी खाताबाट लग इन गर्न सक्ने र उही च्याट इन्टरफेस भित्र वेब खोज, वेबपेज खोल्ने र सामग्री सारांश जस्ता सुविधा पहुँच गर्न सक्ने बताएका छन्।  

ओपनएआईले यसमा सशुल्क एजेन्ट मोड पनि हुनेछ। यो सुविधाले प्रयोगकर्ता निर्देशनको आधारमा स्वचालित रूपमा इन्टरनेटमा खोजी गर्नेछ। जानकारी सङ्कलन गर्ने र खोज परिणामहरूको सारांश प्रस्तुत गर्नेछ।  

ओपनएआईले आफ्नो एआई प्रविधिलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गर्न र यसको राजस्व स्रोतलाई विविधीकरण गर्न अघि बढिरहेको बेला यो सुरुवात भएको हो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.