अमेरिकाको फोर्टवर्थ शहरले तिहारलाई मुख्य पर्वको रुपमा मान्यता दियो
अमेरिका : अमेरिकाको टेक्सास राज्यको फोर्ट वर्थ शहरले तिहारलाई मान्यता दिएको छ । जनसंख्याको हिसाबले टेक्ससको चौथो ठूलो शहर फोर्टवर्थ सिटी अफ काउन्सीलको बैठकले तिहार–दिपावलीलाई पर्वको रुपमा मान्यता दिएको हो । टेक्ससमा रहेको गैर आवासीय नेपालीको संख्या मध्येको ठूलो हिस्सा फोर्टवर्थ शहरमा रहेको छ ।
सो शहरले तिहार दिपावलीलाई दिएको मान्यताले यहाँ बसोबास गर्ने हिन्दु धर्मालम्बीहरूलाई लाभ पुगेको छ । फोर्ट वर्थ सिटीका विल्डिङ स्ट्यान्डर्सस कमिसनका कमिस्नर मोहन ज्ञवालीको पहलमा सिटी काउन्सील सदस्य डेब्रो पिपुल्सको तत्वाधानमा सिटी मेयर म्याटी पार्करको अध्यक्षतामा बसेको सिटी काउन्सील बैठकले दिपावली तिहारलाई मान्यता दिने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस !