८३ बच्चाकी आमा बन्दै विश्वकै पहिलो एआई मन्त्री, गर्नेछन् संसदमा हुने सबै कुराको रेकर्ड

८३ बच्चाकी आमा बन्दै विश्वकै पहिलो एआई मन्त्री, गर्नेछन् संसदमा हुने सबै कुराको रेकर्ड

काठमाडौं : अल्बानियाकी एआई मन्त्री डिएला गर्भवती छिन्। डिएला आर्टिफिसियल इन्टेलिजेन्समा आधारित विश्वकै पहिलो मन्त्री हुन्।  

उनले ८३ बच्चा जन्माउन लागेकी छन्। उनी  रोबोटबाट गर्भवती भएको अल्बानियाका प्रधानमन्त्री एडी रामाले घोषणा गरेका हुन्।  

जर्मनीको बर्लिनमा आयोजित ग्लोबल डायलग सम्मेलनको क्रममा अल्बानियाकी प्रधानमन्त्री  रामाले यो घोषणा गरेर सबैलाई चकित पारेका थिए। तर एआई मन्त्रीको गर्भावस्थाको फरक अर्थ छ।  

डिएलाको अर्थ अल्बेनियाली भाषामा सूर्य हो। उनी विश्वको पहिलो एआई मन्त्री हुन्। उनलाई परम्परागत अल्बेनियाली पोशाकमा महिलाको रूपमा चित्रण गरिएको छ। उनलाई अल्बेनियाली प्रधानमन्त्रीले मन्त्रीमा नियुक्त गरेका हुन्।  

 प्रधानमन्त्री एडी रामाले भने, ʻआज हामीले डिएलासँग ठुलो जोखिम उठायौँ र हामीले धेरै राम्रो गर्‍यौँ। डिएला गर्भवती छिन् र उनले ८३ बच्चा जन्माउने छिन्।ʼ   

प्रधानमन्त्री एडी रामाले ८३ बालबालिका भनिएका   ८३ नयाँ एआई सहायक भएको बताए। सत्तारुढ समाजवादी पार्टीका प्रत्येक संसद् (एमपी)का लागि एआई सहायक बनाइएको हो। यी एआई (बालबालिका)ले संसदमा हुने सबै कुरा रेकर्ड गर्नेछन्। यस्तै एआई बालबालिकाले  प्रतिनिधिहरूलाई उनीहरूले छुटाएका छलफल वा घटनाबारे जानकारी गराउनेछन्।   

यी एआई बालबालिकाहरूले संसदीय सत्रमा पनि भाग लिनेछन्। सबै छलफल र कार्यक्रम रेकर्ड गर्नेछन् भने आफ्ना हाकिमलाई कुन मुद्दामा प्रतिआक्रमण गर्ने भनेर सल्लाह दिनेछन्। 

यस्तै यी एआई बालबालिका २०२६ को अन्त्यसम्ममा पूर्ण रूपमा सञ्चालनमा आउनेछन् र डिएलाको ज्ञान (डेटा र एल्गोरिदम) हस्तान्तरण गरिनेछ।  

डिएलालाई अल्बानियाको सार्वजनिक खरिद प्रणालीलाई पूर्णरूपमा पारदर्शी र भ्रष्टाचारमुक्त बनाउन सेप्टेम्बरमा मन्त्रीमा नियुक्त गरिएको थियो। उनी नागरिक र व्यवसायलाई सरकारी कागजात प्राप्त गर्न मद्दत गर्दै आएकी छन्। एआई निर्मित मन्त्रीलाई परम्परागत अल्बेनियाली पोशाकमा महिलाको रूपमा चित्रण गरिएको छ।  

डिएलालाई सार्वजनिक टेन्डरसँग सम्बन्धित सबै निर्णय गर्ने जिम्मेवारी दिइएको छ। ती निर्णय  १०० प्रतिशत भ्रष्टाचारमुक्त छन् भनी सुनिश्चित गरिन्छ। प्रधानमन्त्री रामाले टेन्डर प्रक्रियामा जम्मा गरिएको प्रत्येक सार्वजनिक कोष पूर्णरूपमा पारदर्शी हुने बताए। एजेन्सीबाट  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.