election background

प्रतिनिधि सभा निर्वाचन २०८२

जेन्जी आन्दोलन क्षति पुनर्निर्माणका लागि एनआरएनए इजरायलको पहलमा १० लाख सहयोग

जेन्जी आन्दोलन क्षति पुनर्निर्माणका लागि एनआरएनए इजरायलको पहलमा १० लाख सहयोग

तेल अविभ : गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलले यही अक्टोबर १७ मा आयोजना गरेको तिहार सांगीतिक कार्यक्रममा उठेको आम्दानीमध्ये मुनाफा स्वरूप १० लाख रुपैयाँ नेपाल सरकारको पुनर्निर्माण खातामा जम्मा गरिएको छ। सो रकमको चेक इजरायल स्थित नेपाली दूतावासका प्रथम सचिव कुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको छ।

एनआरएनए इजरायलका अध्यक्ष गणेश गिरिले देशको पुनर्निर्माण र विकासमा विदेशमा रहेका नेपालीहरूको पनि समान दायित्व भएको भन्दै सबैलाई देश निर्माणमा एकजुट भई सहयोग गर्न आग्रह गरे। 

जेनेरेसन–जेड आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचना पुनर्निर्माण सहयोगार्थ आयोजना गरिएको उक्त कार्यक्रममा चर्चित गायक शिव परियारको प्रस्तुति रहेको थियो।

तिहारको सांगीतिक माहोलसँगै समाजसेवा र राष्ट्रिय जिम्मेवारी जोडिएको यस कार्यक्रमलाई सहभागीहरूले उदाहरणीय कदमका रूपमा व्याख्या गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.