election background

प्रतिनिधि सभा निर्वाचन २०८२

शिक्षिकाको आत्महत्या दुरुत्साहन आरोपमा विद्यालय निरीक्षक पक्राउ

शिक्षिकाको आत्महत्या दुरुत्साहन आरोपमा विद्यालय निरीक्षक पक्राउ

धनगढी : डोटीको पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलौटका २७ वर्षीया शिक्षिका जानकी खड्काको आत्महत्या घटनामा दुरुत्साहन गरेको भन्दै डोटी शिक्षा तथा समन्वय इकाइका विद्यालय निरीक्षक (विनि) गणेश रावल पक्राउ परेका छन् । 

शिक्षिका खडका सोमबार दिउँसो घरदेखि ७ सय मिटरको दुरीमा झुण्डिएको अवस्था मृत फेला परेकी थिइन् । सोमबार दिउँसोदेखि सम्पर्कविहीन बनेकी उनी घरबाट करिब ७०० मिटर टाढा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

२८ वर्षीय रावल शिखर नगरपालिका–११ का स्थायी बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपेन्द्र पालका अनुसार मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा रावललाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको हो ।

प्रहरीका अनुसार जानकी र गणेशबीच फेसबुकमार्फत् चिनजान भएको थियो । उनीहरूबीच नियमित कुराकानी भए पनि पछिल्ला दिनहरूमा सम्बन्धमा तनाव देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

‘रावलले मृतकलाई विभिन्न माध्यमबाट मानसिक दबाब दिइरहेको र त्यसकै परिणामस्वरूप आत्महत्या उक्साएको देखिएपछि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो,' डीएसपी पालले भने ।

मृतक जानकी खड्काको सुत्ने कोठामा सुसाइड नोट पनि भेटिएको छ । प्रहरीले सुसाइड नोट बरामद भएको जनाएको छ । आफ्नो भाइलाई सम्बोधन गर्दै जानकीले सुसाइड नोटमा लेखेकी छिन्, 'के गरु भाइ गणेश रावलले आफैं फ्रेन्ड रिक्वेस्ट पठाएको हो । न मैले उसलाई भेटेको छु न देखेको छु । सबै उसका नाटक हुन् मलाई फसाउने ।'

उनले अगाडि लेखेकी  छिन, 'बाबाआमाको इज्जत गुमाएर कसैको श्रीमान् , बुवा भइसकेको मान्छेसँग जीवन जिउन सक्दिनँ ।' जानकीले सुसाइड नोटमै भाइलाई बिरामी आमाबुबाको हेरचाह गर्न, इज्जत गुम्ने काम नगर्न र आफ्नो अधुरो ‘अफिसर बन्ने सपना’ पूरा गर्न आग्रह गरेकी छन्।

जानकी परिवारको जेठी सन्तान थिइन् । दुई वर्षअघि स्थायी रूपमा शिक्षक सेवा प्रवेश गरेकी उनी परिवारकै आर्थिक सहारा थिइन् । उनका भाइ प्रदीप खड्काका अनुसार बुबा रक्तचापका र आमा माइग्रेनको बिरामी छन् ।

'हामी मध्यम वर्गीय परिवारका हौं । दिदीकै कमाइले घर चल्थ्यो,'भाइ प्रदीपले भने, 'अब हाम्रो परिवारको खम्बा ढल्यो । दोषीलाई कारबाही गरी दिदीको आत्मालाई न्याय दिनुपर्छ ।'

प्रहरी अनुसन्धानले रावल पहिले नै विवाहित र सन्तानका बाबु समेत भएको पुष्टि भएको छ । उनले पछि सम्बन्धविच्छेद गरी जानकीसँग विवाह गर्ने दबाब  दिइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले थप प्रमाण संकलन गर्दै आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.