सिड्नीको मुख्य केन्द्रमा कला प्रदर्शनीमा अंकुश
सिड्नी (अस्ट्रेलिया) : अस्ट्रेलियाली चर्चित गायिका उला भेनक्युस सिड्नी सहरको मुख्य केन्द्र सिटी सेन्टरतर्फ जाँदै मात्र के थिइन्, उनले सिड्नी काउन्सिलको ‘बस्किङ’ नियमहरूमा सुधार गर्न थालेको इमेल प्राप्त गरिन्। जसमा सिड्नी काउन्सिलले तुरुन्तै लागू हुने गरी नयाँ ‘बस्किङ’ नियमहरू पठाएको थियो। काउन्सिलले बस्किङमा ठूला सुधारहरू घोषणा गर्ने तयारीको जानकारी र सुधारको अवधारणाप्रति भने गायिका उला सन्तुष्ट देखिएकी छैनन्।
नयाँ नियमअन्तर्गत, सिटी सेन्टरमा जहाँ मानिसहरूको ठूलो घुइँचो लाग्ने गर्छ, त्यहाँ जर्ज स्ट्रिटमा कलाकारहरूले अब पहिलेझै आफ्नो कला प्रदर्शनी गर्न नपाउने गरी नियम लागू गर्दा कला प्रदर्शनीमा बाधा पुग्ने ठान्दै कडा आपत्ति जनाएकी छन्। काउन्सिलले बिहान ११ बजेदेखि राति १० बजेसम्म प्रदर्शन गर्न पाउने गरी पहिले दिँदै आएको समयसीमा तीन घण्टा घटाएको छ। पहिले बिहान ८ बजेदेखि राति १० बजेसम्म कलाकारहरूले सडक क्षेत्र नजिक गीतसंगीतलगायत धेरैखाले कला प्रदर्शन गर्दै आएका थिए।
अस्ट्रेलियाका अन्य धेरै कलाकारहरूले झै उलाले पनि किशोरावस्थामा सिड्नी सहरमा बस्किङ गर्न थालकी थिइन्। उनको संगीत क्यारियर पनि सहरका अति व्यस्त सडकबाटै निर्माण गरिन्। अहिले अस्ट्रेलियाकी सबै चर्चित गायिका बन्न पुगेकी छन्। उनको संगीतशैली धेरैले मन पराउँदै आएका छन्।
सिड्नी सेन्टरमा धेरै पुराना संगीतकारहरू छन्। जसलाई बसर्स भन्ने गरिन्छ। यस्ता कलाकारहरूले सार्वजनिक स्थलहरूमा संगीत, नृत्य, अभिनय वा अन्य कलात्मक प्रस्तुति दिने गर्छन्। यसरी मनोरञ्जन गराई त्यसबापत दर्शकबाट स्वेच्छिक रूपमा आर्थिक सहयोग अर्थात ‘टिप्स’ लिने गर्छन्। यसै आधारमा यस्ता कलाकारहरूले जीविका चलाउँदै आएका छन्। सिड्नी काउन्सिलले वर्षमा यस्ता ५ देखि ७ सय कलाकारलाई अनुमति दिँदै आएको छ। जसमा स्थानीय र अन्तर्राष्ट्रिय दुवै कलाकार पर्छन्। उनीहरू छोटो अवधिका लागि यहाँ आउने र सार्वजनिक क्षेत्रमा आफ्नो कला देखाएर फर्किने गर्छन्। सडकमा संगीत पस्कँदा प्रतिघण्टा ५० देखि २ सय अस्ट्रेलियन डलर कमाउने गर्छन्।
‘यहाँको सिटी सेन्टर यस्तै धेरै संगीतकारहरूको जीविकोपार्जनको आधार हो’ उला भन्छिन् ,‘तर अंकुश लगाएकाले समस्या भयो।’ सिड्नी काउन्सिलले बसिङको सबैभन्दा ठूलो पट्टी खोसेको आरोप लगाउँदै उलाले भनेकी छन्, ‘ हामीलाई कसरी अगाडि बढ्ने भनेर कुनै मार्ग देखाएन, न त कुनै मद्दत गरेको छ।’
पठाइएको इमेलअनुसार नयाँ नियमहरू सिड्नी बसिङ कोड र नीतिको अंश हुन्। जसलाई हालसालै काउन्सिलले अनुमोदन गरेको छ र अब औपचारिक रूपमा लागू गरेको छ। जर्जस्ट्रिट हेराल्ड स्क्वायर, मार्गरेट स्ट्रिट, रेजिमेन्टल स्क्वायर, टाउन हल, क्याम्पबेल स्ट्रिट र बारलो स्ट्रिटसहित ६ वटा नयाँ विशेष बसिङ साइटहरू छन। पिटस्ट्रिट मल विशेष बसिङ साइटहरूमा दुईदेखि एक घण्टाको समय घटाइएको छ। नयाँ नीतिअनुसार जर्ज स्ट्रिटमा भने बसिङ गर्न अनुमति नदिने भएको छ।
सिड्नीका एकजना प्रवक्ताले यहाँको एउटा टेलिभिजनलाई काउन्सिलले सार्वजनिक गरेको प्रदर्शनीको अवधि अगस्त महिनामै सर्वसम्मतिले अनुमोदन गरेको र अहिले लागू गर्न थालिएको हो। ‘संहिता र नीतिको प्रावधानहरू २४ जुन र ५ अगस्टको बीचमा ४२ दिनसम्म सामुदायिक प्रतिक्रियाको लागि सार्वजनिक रूपमा राखिएको थियो’ काउन्सिलले भनेको छ।
‘सिटीलाई इमेल ठेगाना प्रदान गरेका सबै दर्ता भएका बसरहरूलाई २६ जुन २०२५ मा सार्वजनिक प्रदर्शनीको बारेमा सूचित गरिएको थियो र प्रस्तावित परिवर्तनहरूमा प्रतिक्रिया दिन पनि भनिएको काउन्सिलले जनाएको छ। यति धेरै दिनसम्म सूचना सार्वजनिक गर्दासमेत कसैले पनि जर्जस्ट्रिट परिवर्तनहरूको बारेमा चिन्ता व्यक्त गरेनन्।
काउन्सिलले जर्ज स्ट्रिटमा गरिएका परिवर्तनहरू सार्वजनिक सुरक्षा सुनिश्चित गर्नका लागि हो भनेको छ। केही धेरै प्रभावित व्यवसायी र बासिन्दाहरूले उठाएका चिन्ताका कारण विशेष बसिङ साइट प्रदर्शन समय घटाइएको थियो। प्रवक्ताले भने, ‘हामीले हाम्रो स्थानीय क्षेत्रका अधिकांश सार्वजनिक जग्गामा बसरहरूलाई प्रदर्शन गर्न अनुमति दिइरहेका छौं।’ तर उलाले बसिङ सीमित गर्नुलाई ‘पागलपन’ को संज्ञा दिएकी छन्।
प्रतिक्रिया दिनुहोस !