ठूली एकादशी
कात्तिक महिनाकोे त्यो शुक्ल पक्ष
चौमासा पछिमा मेरा बाबा चौमासा पछिमा ।
एकादशी ठूली नि महिमा ठूलो
बोधनी हरिको मेरा बाबा बोधनी हरिको
मनका इच्छा नि सिद्ध भैजाने
जनमभरिको मेरा बाबा जनमभरिको ।
मोठमा रोपेकी तुलसी मैया
बिहा गरिदिनलाई मेरा बाबा बिहा गरिदिनलाई
दामोदर भगवान् तयार भए
कन्यादान लिनलाई मेरा बाबा कन्यादान लिनलाई ।
उखुका लिङ्गा नि ध्वजा र पतका
तोरण टाँगेर मेरा बाबा तोरण टाँगेर
धुप र दीप नि फल र फूल
नैबेद्य राखेर मेरा बाबा नैबेद्य राखेर ।
निराहार व्रत नि बसेर भक्त
हरिको नाम जप्तै मेरा बाबा हरिको नाम जप्तै
तुलसी विवाहको उत्सव भयो
जाग्रम लौ बस्तै मेरा बाबा जाग्रम लौ बस्तै ।
शान्ता गौतम
प्रतिक्रिया दिनुहोस !