पहिरोले पाङसिङ गाउँका सात घरमा क्षति
गोरखा : अविरल वर्षापछि आएको पहिरोले उत्तरी गोरखाको पाङसिङ गाउँका सात घरमा क्षति पुर्याएको छ। केही दिनदेखिको अविरल वर्षापछि गएराती गाउँमाथिबाट झरेको पहिरोले चुमनुब्री गाउँपालिका–३ पाङसिङका सात घर बगाएको स्थानीय वुद्ध गुरुङले जानकारी दिए।
गुरुङका अनुसार पहिरोले डुण्डुप गुरुङको घर पूरै बगाएको छ। त्यस्तै दलबहादुर गुरुङ(क), दलबहादुर गुरुङ(ख), जोगबहादुर गुरुङ, सर्किनी गुरुङ र कमला गुरुङको घरमा क्षति पुर्याएको गुरुङले बताए।
लेदोसहितको पहिरो घरभित्र पसेका कारण पशुचौपाया र अन्य घरायसी सामाग्रीहरू बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। घर बगाएपछि उनीहरू अहिले आफन्तहरूको घरमा बसेका छन्।
यसैगरी, पहिरोले पाङसिङका देवेन्द्र गुरुङको कुखुरा फर्म बगाएको छ।
प्रतिक्रिया दिनुहोस !