election background

प्रतिनिधि सभा निर्वाचन २०८२

गुल्मीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

गुल्मी :  गुल्मीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका–२, बाख्रेछेडा बस्ने २६ वर्षीय सरोज बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी गङ्गाबहादुर सारुले जानकारी दिए ।

तम्घास सिमलटारी सडक खण्डको इस्मा गाउँपालिका–१, भाराह खोलामा लु ५६ प ८४२६ नम्बरको २०० सिसीको एनएस मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो । दुर्घटना भएको उक्त मोटरसाइकल रेसुङ्गा नगरपालिका बाख्रेछेडा बस्ने २७ वर्षीय मोहन सिंह बस्नेतले चलाएका थिए। 

मोटरसाइकल अनियन्त्रित भएपछि बाइकमा सवार सरोज गम्भीर घाइते भएका थिए। घाइते बस्नेतलाई तत्काल गुल्मी अस्पताल तम्घास ल्याइएको थियो । तर, उपचारकै क्रममा राति डाक्टरले मृत घोषणा गरेका थिए । 

मोटरसाइक पक्की सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । मदन भण्डारी राजमार्गअन्तगर्तको तम्घास सिमलटारी सडक खण्डको झरनाबाट सदरमुकाम  तम्घास फर्कन लागेको बताइएको छ ।

दुर्घटना स्थलमा प्रहरी चौकी हस्तिचौर र जिल्ला प्रहरी कार्यालय गुल्मीका टोली खटिएका थिए। प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइसकेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.