रुरु क्षेत्रधाममा हृषिकेशको रथयात्रा निकालियो
पाल्पा : गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा आज भगवान हृषिकेशको भव्य रथयात्रा आयोजना गरिएको छ। ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रुरु क्षेत्र धाममा प्रत्येक वर्ष कात्तिक शुक्ल पक्ष हरिबोधनी एकादशीको अर्को दिन द्धादशीका दिन हृषिकेश भगवानको रथयात्रा निकाल्ने परम्परा रहँदै आएको छ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि देशका विभिन्न स्थानबाट आएका तीर्थयात्री, साधु–सन्त र भक्तजनको ठूलो उपस्थितिमा रथयात्रा निकालिएको हो।
रुरु क्षेत्रधामलाई ‘नेपालको चारधाम’ मध्ये एक मानिन्छ। यहाँको धार्मिक महत्त्व विष्णु भगवानको अवतार हृषिकेशसँग जोडिएको छ। धार्मिक विश्वासअनुसार रुरु क्षेत्रको रिडीमा स्नान गरी भगवान हृषिकेशको दर्शन गरे पापकर्महरू नाश भई मोक्ष प्राप्ति हुन्छ भन्ने जनविश्वास रहिआएको ह्षिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्सुराम भट्टराईले बताए।
प्रतिक्रिया दिनुहोस !