धार्चेको तातोपानीबाट ३५ पर्यटकको उद्धार
गोरखा : नेपाली सेना र सशस्त्र प्रहरीले गोरखाको तातोपानीबाट ३५ जना स्वदेशी तथा विदेशी पर्यटकको उद्धार गरेका छन्। धार्चे गाउँपालिका–३ तातोपानीमा अलपत्र परेका २० विदेशी र १५ स्वदेशी पर्यटकको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनीहरू सामागाउँबाट फर्केर माछीखोलातर्फ आउने क्रममा पहिरोका कारण तातोपानीमा अलपत्र परेका डीएसपी थापाले जानकारी दिए।
उद्धार गरिएका पर्यटकहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।
प्रतिक्रिया दिनुहोस !