election background

प्रतिनिधि सभा निर्वाचन २०८२

गोरखाको पाङबारी हिमालमा फसेका दुई इटालियन नागरिक मृत भेटिए

गोरखाको पाङबारी हिमालमा फसेका दुई इटालियन नागरिक मृत भेटिए
पाङबारी हिमालको पहिलो शिविरमा आरोहीको खोजी कार्य गर्दै । तस्बिर :  जिल्ला प्रहरी कार्यालय गोरखा

गोरखा : गोरखाको चुमनुब्री- १ स्थित पाङबारी हिमालमा पाँचदिनदेखि बेपत्ता दुई इटालियन नागरिकको पाँच दिनपछि शव फेला परेको छ । मंगलबार पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

उनीहरू हिउँले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाको सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले बताए । मृतक आरोहीहरूको शव हेलीमार्फत् सामागाउँ ल्याइ राखिएको श्रेष्ठले बताए ।

७००५ मिटर अग्लो पाङबारी हिमालबाट फर्कने क्रममा तीन इटालियन र एक नेपाली सहयोगी गत हप्ताको बुधबारदेखि पहिलो शिविर र आधार शिविरमा अलपत्र परेका थिए ।

इटालीका ६५ वर्षीय भेल्टर पेरलिनो आधार शिविरमा र ६७ वर्षीय स्तेफानो फरीनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटो सो हिमालको पहिलो शिविरमा फसेको प्रहरीको भनाइ छ । हिमाल आरोहण गर्न नसकी फर्कने क्रममा हिमपातले बाटो अवरुद्ध भएर उनीहरू फसेका थिए । 

५००० मिटर उचाइमा अवस्थित पाङबारी हिमालको बेसक्याम्पमा फसेका ६५ वर्षका भेल्टर परलिनोको भने आइतबार बिहान १० बजे हेलिकोप्टरबाट उद्धार गरिएको थियो । उनको साथमा बेसक्याम्पमा रहेका पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि हेलिकोप्टरबाट उद्धार गरी उपचारका काठमाडौं पठाएको प्रहरीको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.