election background

प्रतिनिधि सभा निर्वाचन २०८२

उग्रतारामा देहिजाँत : आज रतेडी, भोलि देउसेडी

उग्रतारामा देहिजाँत : आज रतेडी, भोलि देउसेडी
मेला व्यवास्थापनमा लागेका स्थानीय तथा स्वयंसेवक । तस्बिर : धनबहादुर भण्डारी

डडेल्धुरा : डडेल्धुराको अमरगढी–८ मा अवस्थित उग्रतारामा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मेला (देहिजाँत) भोलि लाग्ने भएको छ । उग्रतारा क्षेत्रविकास समितिका अनुसार यसवर्ष मंगलबार कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र भोलि (दिउसेडी) मेला लाग्नेछ।

उग्रतारा मेला सुदूरपश्चिमका सबैभन्दा ठूलो मेलाका रुपमा समेत पर्ने गर्दछ । मेलाले यस क्षेत्रको सांस्कृतिक र सामाजिक एकतालाई प्रगाढ बनाउने र हिन्दुधर्मको जगेर्नामा टेवा दिने काम गर्दै आएको छ । 

किम्बदन्ती अनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भइ दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको छ । वर्षमा एकपटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास रहेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजवहादुर साँकीले बताए । 

साथै मेला व्यवस्थापन र विभिन्न ठाउँबाट आउने श्रद्धालु तथा दर्शनार्थीहरूको व्यवस्थापनका लागि पूर्णरुपमा व्यवस्थित गरी तयारी पूरा भएको छ। मेलाको मुख्या आकर्षक छचोडा, खनमडा, दुमडा र जिलोडा गाउँमा रहेका भराडघर (देवताका खरखजनासहित देउरो रहने भण्डारघर) बाट उग्रतारा भगवती मन्दिरमा देउरा आउने गर्दछन् । यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुने गर्दछ । 

जिल्ला सदरमुकाम बागबजारबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका ८ को सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा हजारौं दर्शनार्थी मेला भर्ने गर्दछन् ।

सुदुरपश्चिमका विभिन्न जिल्ला र  भारतका विभिन्न स्थानबाट समेत श्रद्धालुहरू मेला भर्न डडेल्धुरा सदरमुकाम आउने क्रम जारी रहेको स्थानीय व्यापारी बताउँछन्। देहिजाँतमा स्थानीय उत्पादन र ग्रामिण क्षेत्रमा पाइने दाल तथा अन्य उत्पादन र फलफूलको समेृत विक्री वितरण हुने उद्योगवाणिज्य संघ डडेल्धुराका अध्यक्ष द्धिजराज भट्टले जानकारी दिए 

स्थानीय लटाउली समुदायका मानिस यस माताका विशेष कारिन्दाका रुपमा मानिन्छन् । क्षेत्र विकास समिति अध्यक्ष साँकीका अनुसार, कार्तिक १८ गते राति रतेडीका लागि र भोलिपल्ट हुने दिउसेडि मेलाको व्यवस्थापन तथा मन्दिर सजाइ मेलालाई आकर्षक बनाउनेलगायत पार्किङ, स्टल निर्माणको व्यवस्थापन पूरा भइसकेो छ।

समितिले मेला व्यवस्थापनका लागि स्वयंसेवक खटाइने भएको छ। श्रद्धालुलाई सुरक्षाका मापदण्ड पालना गर्न आग्रह समेत गरिएको छ । मेला धार्मिक आस्था मात्र नभइ स्थानीय पर्यटन र सांस्कृतिक पहिचानको रूपमा समेत महत्वपूर्ण मानिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.