सातौं धाम मालिकार्जुनमा रात्रिकालीन जात्रा

सातौं धाम मालिकार्जुनमा रात्रिकालीन जात्रा

दार्चुला : मुलुकको सातौं धामको रूपमा परिचित दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ स्थित मालिकार्जुन मन्दिरमा मंगलबार राति भव्य जात्रा सम्पन्न भएको छ । कात्तिक शुक्ल चतुर्दशीको रात हुने यस जात्रालाई जिल्लाकै ठूलो पर्वका रूपमा लिइन्छ । मन्दिरमा लाखौं भक्तजन र दर्शनार्थीको भिड लागेको थियो । यसको सुरक्षा र व्यवस्थापनका लागि जिल्ला प्रशासन र सुरक्षा निकायहरूले कडा प्रबन्ध गरेका थिए ।

मालिकार्जुन मन्दिरको महिमा 

दार्चुला जिल्लाको मालिकार्जुन मन्दिर एक प्रसिद्ध धार्मिकस्थल हो जसले क्षेत्रीय मात्र नभएर राष्ट्रिय महत्त्व पनि राख्दछ । यो मन्दिर हिन्दु धर्मका भक्तजनहरूका लागि विशेष महत्त्व राख्दछ र यहाँको मुख्य पूजा इष्टदेव मालिकार्जुनको पूजाअर्चना गर्दै भक्तजनहरूले आशीर्वाद प्राप्त गर्ने गर्दछन् । मालिकार्जुन मन्दिरको पूजा विधि र परम्परामा धार्मिक सांस्कृतिक धरोहरको संग्रह गरिएको छ, जसले यहाँको धार्मिक र सांस्कृतिक आस्था अझ गहिरो बनाएको छ ।

मन्दिरको स्थिति र इष्टदेवको महिमा निकै विशेष छ, जसले यो स्थानलाई एक प्रमुख राष्ट्रिय धामको रूपमा स्थापित गरेको छ । यहाँको वातावरण अत्यन्तै शान्त र भक्तिपूर्ण छ । यहाँ आयोजित हुने जात्रा र अन्य धार्मिक अवसरहरूले यहाँका स्थानीय समुदायलाई मात्र नभएर देश विदेशका अन्य श्रद्धालुहरूलाई पनि आकर्षित गर्छ ।

मालिकार्जुन मन्दिरको महिमा यतिसम्म छ कि निःसन्तानीलाई सन्तान प्राप्त गराउने, निर्धनीलाई धन उत्पन्न गराउने, भक्तिभावका साथ आउनेलाई चिताएको पूरा हुने, १५ दिनसम्म जाँडरक्सी, मासु, मसुर, लसुन, प्याज केही नखाएर स्वच्छ व्रत बसेर आएका श्रद्धालु भक्तजनको फलिफाप हुने मालिकार्जुन गाउँपालिका—ठाडीधारका ८५ वर्षीय इन्द्रसिंह धामीले बताए ।

जात्रामा कडा सुरक्षा व्यवस्था
दार्चुला जिल्लाको मालिकार्जुन मन्दिरमा हरेक वर्षको कात्तिक शुक्ल चतुर्दशीमा आयोजना हुने जात्रा धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ । यस आसपासका गाउँहरूका साथसाथै अन्य स्थानबाट पनि हजारौंको संख्यामा श्रद्धालुहरू सहभागी भए । जात्राको अवधिभर मदिरा र जुवातास पूर्णरूपमा निषेध गरियो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले कात्तिक १२ गतेदेखि शैल्यशिखर नगरपालिका ५, ६ र ७ भित्र मदिरा ओसारपसारमा प्रतिबन्ध लगाएको छ । यसका साथै, सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन स्थानीय प्रशासन र सुरक्षा अधिकारीहरूले विभिन्न कदम उठाएका छन् ।

३ सय सुरक्षाकर्मी परिचालन
जात्रामा भाग लिन आउने भक्तजन र यात्रुहरूको सुरक्षाका लागि कुल ३ सय जति सुरक्षाकर्मी परिचालन गरिएको थियो । यसमा ४ जना प्रहरी निरीक्षक र १ सय ६० जना प्रहरी जवानहरूसहित सशस्त्र प्रहरी बलका १ सय ४० जना जवानहरू तैनाथ गरिएको प्रहरी प्रमुख डीएसपी महतले जानकारी दिए । 
सादा पोसाकका प्रहरी र ट्राफिक प्रहरी पनि सुरक्षा व्यवस्थामा खटिए । यी सबै गरेर जात्रा अवधिभरिमा चार सय जति सुरक्षाकर्मी खटिएका थिए । कुनै प्रकारको अव्यवस्था र अप्रिय घटनाहरू हुन नपाऊन् भनेर यत्रो बन्दोबस्त गरेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।

उनले भने, ‘जात्राको समयमा कुनै प्रकारको शान्ति भंग नगर्नु र समाजमा असुरक्षा फैलाउन नदिने उद्देश्यले कडा निगरानी राखियो । हामीले सुरक्षा व्यवस्था कडा बनायौं ।’ देश विदेशबाट आएका भक्तजनहरूको लागि खाना र सुत्नको लागि उचित व्यवस्थापनसमेत गरिएको मालिकार्जुन मन्दिर व्यवस्थापन समितिका सचिव जनकसिंह धामीले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.