election background

प्रतिनिधि सभा निर्वाचन २०८२

पाल्पामा करिब ३ लाख भक्तजनले चिच्च्याएर मागे बर

पाल्पामा करिब ३ लाख भक्तजनले चिच्च्याएर मागे बर

तानसेन : पाल्पाको सत्यवतीमा आज चिच्च्याएर बर माग्ने धार्मिक मेला लागेको छ। सत्यवती बजैले कान नसुन्ने भएकाले चिच्च्याएर बरदान माग्नु परेको बुढापाकाको भनाई छ।  

सत्यवती बजैसँग चिच्च्याएर मागेको वरदान पुरा हुने भन्दै  टाढाबाट भक्तजनहरू मन्दिरमा पुग्ने गरेका छन्। सत्यवती बजैसँग रातिमा मात्र चिच्च्याएर बरदान माग्ने प्रचलनलाई पछिल्लो समय दिउँसो पनि माग्ने गरिएको छ। 

सत्यवती मन्दिरको किनारमा ताल रहेकाले भक्तजनहरूले तालको वरिपरि घुम्दै चिच्च्याएर वरदान माग्ने गर्दछन्। सत्यवती मन्दिर नजिकै तालमा कार्तिक शुल्क चतुरदर्शीको दिन सत्यवती बजैलाई सम्झेर बासको लिङ्गो गाडी चिच्च्याएर वरदान माग्ने र अर्को दिन बिहान उज्यालो नहुँदै पूर्णिमाको दिन गाडेको लिङ्गो उठाएर घरमा ल्याउने प्रचलन रहँदै आएको छ। तर केही वर्षदेखि हरिबाेधनी एकादशीदेखि पूर्णिमासम्म दिनरात मेला लाग्दै आएको छ। सत्यवती बज्यै धार्मिक मेलामा ३ लाखभन्दा भक्तजनहरू आएर चिच्च्याएर बर मागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर गाँहाले बताए। 

भक्तजनले मागेका कुराहरू सत्यवती बजैले पुरा गरिदिने जनविश्वासको आधारमा राँगा, कुखुरा, हास, बोकाको बली दिने, त्यतिकै जंगलमा छाडिदिने प्रचलन रहँदै आएको छ।  सत्यवती मन्दिरमा चिच्च्याएर वरदान माग्न पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत बागलुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउ लगायतका क्षेत्रबाट भक्तजन आउने गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.