प्यूठानमा आँखा उपचार केन्द्र

प्यूठानमा आँखा उपचार केन्द्र

प्यूठान : प्यूठानमा स्थापना गरिएको आँखा उपचार केन्द्र (प्रस्तावित नरेन्द्र–गायत्री आँखा अस्पताल) ले सेवाग्राहीलाई उपचारमा सहजता भएको छ । आँखा उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ ।

लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, रण अम्बिका शाह आँखा अस्पताल भैरहवाअन्तर्गत आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको नेपाल नेत्रज्योति संघ प्यूठानका अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले बताए । 'नेत्रज्योति संघ केन्द्रीय समिति, सेवा फाउण्डेसन र जिल्लाका पालिकाकाहरूको सहयोगमा आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएका छौं,'उनले भने, 'मासिक रुपमा विशेषज्ञ सेवा समेत दिँदै आएकोले उपचारमा सहजता भएको छ ।' केन्द्रसँग सम्झौता गरेर पालिकालेहरुले जेष्ठ नागरिकहरुको आखाँ उपचारमा सहकार्य गर्दै आएका छन् ।

आँखाको सामान्य उपचारदेखि पर्दाको समस्या, मोतियाविन्दु शल्यक्रिय सेवा, जलविन्दुको उपचार सेवा प्रदान गर्दै आएको कार्यालय प्रमुख नेत्र सहायक लक्ष्मी मल्ल ठकुरीले बताइन् । 'आ.व. २०८१/८२ का उपचार केन्द्रबाट १८ हजार २९८ जनाले सेवा लिएका छन्,'उनले भनिन्, 'नेत्र सहायकको नेतृत्वमा १२ जना कर्मचारीबाट सेवाप्रवाह हुँदै आएको छ ।' चालु आर्थिक वर्षको हालसम्म ५ हजार ३३४ जनाले सेवा लिएको उपचार केन्द्रले जनाएको छ ।

सेवा केन्द्रबाट मासिक रुपमा विशेषज्ञ सेवा प्रदान हुँदै आएको छ । लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानबाट आउने विशेषज्ञबाट शल्यक्रिया सेवा समेत उपलब्ध हुने गरेको छ । जटिल प्रकृतिका विरामीलाई उपल्लो निकायमा रिफर गर्ने गरेको प्रमुख ठकुरीले बताइन् ।

केन्द्र सञ्चालनका लागि केन्द्रीय समितिबाट वार्षिक ३ लाख रुपैयाँ सहयोग प्राप्त हुने गरेको नेत्रज्योति संघ प्यूठानले जनाएको छ । विरामी दर्ता वापत ८० रुपैंया शुल्क लिने गरेको उपचार केन्द्रबाट न्यूनतम मुल्यमा औषधी र चस्मा उपलब्ध हुन्छ ।

उपचार केन्द्र मार्फत स्थानीय पालिकाले जेष्ठ नागरिकहरूलाई निःशुल्क उपचार वापत सहयोग प्रदान गर्दै आएका छन् । मल्लरानी, झिमरुक, नौबहिनी, ऐरावती, माण्डवी, गौमुखी गाउँपालिका र प्यूठान नगरपालिकाले जेष्ठ नागरिकको आँखा उपचारका लागि सहयोग गर्दै आएका हुन् । 

नेत्र ज्योति संघ प्यूठानकै पहलमा गौमुखी गाउँपालिकाको ठूलावेशी र स्वर्गद्धारी नगरपालिकाको भिंगृमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । यसवर्षदेखि मल्लरानी गाउँपालिकाको खलंगामा उपचार केन्द्र विस्तार हुँदैछ ।

प्यूठान नगरपालिका–४ विजुवारका स्थानीय नरेन्द्र श्रेष्ठले ५ रोपनी ४ आना जग्गा निःशुल्क उपलब्ध गराएर केन्द्र सञ्चालन सुरू गरिएको हो । केन्द्रको स्थापना २०६४ सालमा गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.