श्रमिकका समस्याबारे साउदीका पत्रकार र राजदूतबीच छलफल
साउदी : अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका–साउदी शाखाद्वारा दूतावासमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाको भेटघाट कार्यक्रममा कार्यसमितिमा आबद्ध पदाधिकारीको परिचय, संस्था स्थापनाको उद्देश्य, दूतावाससँगको सहकार्य र श्रमिक नेपाली समस्या समाधानमा सहजीकरण तथा विविध विषयमा छलफल भएको छ । नियोग उप–प्रमुख तथा कार्यवाहक राजदूत सिर्जना अधिकारी, लेबर काउन्सिलर कविराज उप्रेती, द्वितीय सचिव दिनेश सिवाकोटीको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।
संस्थाका अध्यक्ष विष्णु घिमिरेले संस्थागत विषयवस्तुको जानकारीसहित साउदी अरेबियामा नेपाली श्रमिकले भोग्नु परेको समस्या, नेपाली समुदायबीच र संघ संस्थाबीचको सहकार्य, साउदीमा कानुनविपरीत काम गर्दा हुने नतिजाबारेमा ध्यानाकर्षण गराएका थिए ।
उपस्थित संघका प्रमुख सल्लाहकार अमर सापकोटा, महासचिव राजु खनाल, सञ्चार तथा अनुशासन संयोजक राज चेम्जोङ लिम्बू, प्रवक्ता लोकेन्द्र
कार्यवाहक राजदूत सिर्जना अधिकारीले साउदीमा छरिएर रहेका विभिन्न मिडियालाई गोलबद्ध बनाएर संस्था स्थापना गरेकामा खुसी व्यक्त गरिन् । श्रम काउन्सिलर कविराज उप्रेतीले नेपाली श्रमिकहरूको अवस्था अलि जटिल बन्दै गएकाले साउदीमा आबद्ध संघ संस्थाको भूमिका, सहकार्यमा थप सहयोग रहेको बताए । कम्पनीबाट भाग्नुको पीडा, सम्झौताविपरीत काम, आत्महत्या, दुर्घटना, भिसा प्रमाणीकरण, मेनपावरको काम, कानुनविपरीत गरिने कार्यको सजाय, सेल्टर समस्या, समुदायबीच गरिने गलत सूचनालगायतका विषयवस्तु बारेमा जानकारी दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस !