न्युयोर्कका पासाङ शेर्पाको पुस्तक अमेरिकाको 'बेस्ट बुक अवार्ड' मा 'फाइनलिस्ट'
न्युयोर्कका पासाङ शेर्पाको कोरोना महामारीमा आधारित संस्मरण पुस्तक 'बिहाइन्ड द मास्क' अमेरिकाको 'बेस्ट बुक अवार्ड' मा अन्तिम छनोटमा परेको छ। अमेरिकन बुक फेस्टद्वारा प्रायोजित २२ औं वार्षिक अवार्ड कार्यक्रममा उनको पुस्तक 'नन-फिक्सन क्रियटिभ' विधाअन्तर्गत अन्तिम चारमा पर्न सफल भएको हो।
अमेरिकन बुक फेस्ट मूलधारका, स्वतन्त्र र स्वप्रकाशित कृतिहरूका लागि विश्वका सबैभन्दा ठूला अन्तर्राष्ट्रिय पुस्तक पुरस्कार कार्यक्रमहरूमध्येको एक हो।
अमेरिकन बुक फेस्टका अध्यक्ष तथा सीईओ जेफ्री किनले यस वर्षको प्रतियोगितामा विश्वभरका लेखक तथा प्रकाशकहरूबाट हजारौँ निवेदन प्राप्त भएको र त्यसलाई छनोट गरेर अन्तिम परिणाम घोषणा गरिएको बताएका छन्।
किनले २३ वर्षको इतिहासमा हजारौं स्वप्रकाशित र स्वतन्त्र लेखकहरूले आफ्नो बेस्ट बुक अवार्डको प्रवर्द्धनात्मक शक्तिको उपयोग गरी अनलाइन पहिचान बढाउन, आफ्नो कृतिको विश्वसनीयता सुधार्न, र भिडभाड भएको पुस्तक बजारमा थप ध्यान आकर्षित गर्न सफल भएको बताए।
प्रतिक्रिया दिनुहोस !