election background

प्रतिनिधि सभा निर्वाचन २०८२

हङकङमा नेपालीलाई ‘ट्रान्जिट भिसा’ नचाहिने

हङकङमा नेपालीलाई ‘ट्रान्जिट भिसा’ नचाहिने

हङकङ : नेपाली राहदानी (पासपोर्ट) वाहक यात्रुहरूलाई हङकङ हुँदै अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्र रहने सर्तमा ट्रान्जिट भिसा नचाहिने भएको छ। नेपाली पासपोर्टवाहकलाई सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्दा ट्रान्जिट भिसा लिनुपर्ने नियम लागू गरिएको थियो। 

क्याथे प्यासिफकले हङकङबाट हप्तामा सातै दिन र नेपाल एयरलाइन्सले हप्तामा दुई दिन मंगलबार र शनिबार नेपाल उडान भर्दै आएका छन्। क्याथेबाट १२ घण्टा कम समय ट्रान्जिट हुँदा भिसाको समस्या नहुने, तर नेपाल एयरलाइन्सबाट ट्रान्जिट हुँदा ट्रान्जिट भिसाको अनिवार्यताका कारण प्रवासी नेपालीहरूले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स प्रयोग गर्न पाएका थिएनन्। 

मकाउ, अमेरिका, बेलायत, अस्ट्रेलिया, कोरिया, जापान, क्यानाडालगायत देशहरूमा बसोबास गर्ने प्रवासी नेपालीहरूले ट्रान्जिट भिसा अनिवार्यताको प्रावधान हटेसँगै हङकङबाट नेपाल एयरलाइन्स प्रयोग गर्ने बाटो खुलेको हो। यात्रुहरूले बढीमा १४ दिनसम्मको ट्रान्जिट भिसा पाउनेछन्।  नेपाल एयरलाइन्स हङकङ एयरपोर्ट म्यानेजर गुरु शाह भन्छन्, ‘करिब २० वर्षपछि ट्रान्जिट भिसाको प्रावधान हटेको छ। हङकङस्थित महावाणिज्य दूतावास र नेपाल एयरलाइन्स हङकङको लामो प्रयासपछि यो सम्भव भएको हो। अब प्रवासी नेपालीहरू जो ट्रान्जिटपछि नेपाल एयरलाइन्सबाट यात्रा गर्न चाहनुहुन्थ्यो, त्यो पूरा भएको छ। हामी सम्पूर्ण नेपालीहरूलाई स्वागत गर्न तयार छौं।’

नेपाली महावाणिज्य दूतावास हङकङले पनि प्रेस विज्ञप्ति जारी गर्दै निरन्तर कूटनीतिको पहल र अनुरोधका कारण ट्रान्जिट भिसा फ्री भएको बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘हङकङ संसारकै व्यस्त विमानस्थलमध्ये एक विमानस्थल भए तापनि ट्रान्जिट भिसाका कारण नेपाली नागरिकले ट्रान्जिट हुँदा समस्या भोग्नुपरेको थियो। हङकङ सरकारले ट्रान्जिट भिसाको बाध्यात्मक प्रावधान हटाएपश्चात् हङकङ ट्रान्जिट हुँदै यात्रा गर्ने नेपालीहरूलाई यात्रामा सहजता हुने विश्वास गरिएको छ। साथै यो प्रावधानले नेपाली राहदानीवाहक यात्रुहरूलाई हङकङ ट्रान्जिट भएर यात्रा गर्न प्रोत्साहन मिल्ने ठानिएको छ। हङकङ सरकारको यो कदमले नेपाल र हङकङ सरकारको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.