election background

प्रतिनिधि सभा निर्वाचन २०८२

पाल्पामा एमालेको शक्ति प्रदर्शन, संसद् पुनर्स्थापनाको माग

पाल्पामा एमालेको शक्ति प्रदर्शन, संसद् पुनर्स्थापनाको माग

तानसेन : नेकपा एमाले पाल्पाले संसद् पुनर्स्थापनाको मागसहित तानसेनमा विशाल विरोध प्रदर्शन गरेको छ। विरोध  प्रदर्शनमा संसद् पुनर्स्थापनाको माग गरिएको हो।   

एमाले पोलिटिव्युरो सदस्य ठाकुर गैरेले वर्तमान सरकार संविधान विपरीत निर्माण भएकाले संसद् पुनर्स्थापना मार्फत जेनजीसहितको सहभागितामा सर्वदलीय, सर्वपक्षीय सरकार निर्माण गर्नुपर्ने बताए। संविधान संशोधन गरेर ६ महिनाभित्र निर्वाचन गरी जनप्रतिनिधिलाई स्थायी सरकार निर्माण गर्ने एमालेको बटम लाइन भएको उनले बताए। 

गैरेले भदौ २३ र २४ गतेको आन्दोलन र लुटपाट आगजनीको विषयमा वर्तमान छानबिन समितिले निष्पक्ष काम गर्न नसक्ने बताए। उनले निष्पक्ष छानबिन आयोग गठन गरी दोषको आधारमा कानुनी कारबाही गर्नुपर्ने बताए। 

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.