स्तनपान गराइरहेकी आमालाई के खुवाउने ?

स्तनपान गराइरहेकी आमालाई के खुवाउने ?
सांकेतिक तस्बिर।

स्तनपान गराउने आमाको दैनिक खानपान योजना बनाउनु पर्छ । शिशुलाई जन्म दिएपछि पौष्टिक एवम् घरमै बनाइएका खानेकुराहरू खुवाउनु पर्छ । व्यक्तिगत आवश्यकता शरीरको तौल, गतिविधि, स्वास्थ्य अवस्थाअनुसार पनि खानपानमा फरक पर्न सक्छ । 

वास्तवमा गर्भधारणदेखि नै आमाले दिनहुँ खाने साविक खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्छ । सुत्केरी र स्तनपान गराइरहेकी महिलालाई स्थानीयस्तरमा उपलब्ध हुने सात समूहका विभिन्न खाद्यवस्तुहरू खुवाउनु पर्छ ।

  • अन्न वा जमिनमुनि फल्ने कन्दमूल ।
  • गेडागुडी, तेलहन, बियाँ ।
  • दूध तथा दुग्ध पदार्थ ।
  • माछा, मासु ।
  •  अण्डा ।
  • भिटामिन ए पाइने फलफूल (पाकेको मेवा, आँप, सुन्तला) ।
  • फर्सी, गाँजरलगायतका अर्गानिक तरकारी ।

सबै खाना समूहबाट विविध खाना खानाले सुत्केरी अवस्थामा सूक्ष्म पोषक तŒवको कमीबाट टाढा रहन सकिन्छ । गर्भवती स्वस्थ हुन र तन्दुरुस्त रहन प्रत्येक दिन साबिकभन्दा एक पटक थप खाना खानुपर्छ । सुत्केरीलाई यस्तो अवस्थामा विशेषगरी ज्वानोको झोल, गेडागुडीको झोल, सुत्केरी मसला (मेथी, गुद, काजु, बदाम, छोकडा, बत्तिसा, मिस्री, सक्खर), थप पोषिलो खाना खुवाएमा दूध बढ्छ । यसको साथै सुत्केरी र स्तनपान गराइरहेकी महिलालाई साविकको खानाको साथसाथै थप दुई पटक पोषिलो खानाहरू खुवाउनु पर्दछ ।

त्यसका साथसाथै रक्तअल्पताबाट बच्न स्थानीय स्तरमा पाइने खाना जस्तै टुसा उमारेको गेडागुडी, हरियो सागपात, कुरिलो, च्याउ, आदि पनि खुवाउनु पर्दछ । शिशु जन्मिएपछि आमालाई ४२ दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खुवाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम््सेविकासँग सम्पर्क गर्नुपर्छ । भिटामिन ए क्याप्सुल खानाले आमाको दूध थप पोषिलो बनाउँदछ जसले बालबालिकालाई स्वस्थ र बलियो बनाउँछ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.