election background

प्रतिनिधि सभा निर्वाचन २०८२

अस्ट्रेलियाले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

अस्ट्रेलियाले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

प्रतिबन्ध फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटक, एक्स, युट्युब, रेडिट, टिच र किकलगायत १० प्लेटफर्ममा लागू हुनेछ।

अस्ट्रेलिया (बीबीसी) : अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ। आगामी १० डिसेम्बरदेखि लागू हुने यो नीतिअनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्सलगायत प्लेटफर्मले १६ वर्ष नपुगेका प्रयोगकर्तालाई खाता खोल्न रोक्नुपर्नेछ।

हालसम्म सक्रिय रहेका खाता पनि हटाउनुपर्नेछ। अभिभावकबीच निकै लोकप्रिय मानिएको यो नीतिले बालबालिकालाई सामाजिक सञ्जालका नकारात्मक प्रभावबाट जोगाउने सरकारको दाबी छ।

अस्ट्रेलिया सरकारका अनुसार सामाजिक सञ्जालका ‘डिजाइन फिचर’ ले बालबालिकालाई अत्यधिक स्क्रिनमा समय बिताउन प्रेरित गर्ने र उनीहरूको स्वास्थ्य तथा मानसिक सन्तुलनमा हानि पुर्‍याउने सामग्रीहरू देखाउने जोखिम बढी छ। 

सरकारी आयोगको एक अध्ययनले १० देखि १५ वर्ष उमेरका ९६ प्रतिशत बालबालिका सामाजिक सञ्जालमा सक्रिय रहेको  देखाएको छ। तिनमा सात जनामध्ये एक जना वयस्कबाट अनुचित व्यवहारको सिकार भएको पाइएको छ। आधाभन्दा बढीले साइबर बुलिङ भोगेको बताए।

प्रतिबन्ध फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटक, एक्स, युट्युब, रेडिट, टिच र किकलगायत १० प्लेटफर्ममा लागू हुनेछ। गेमिङ प्लेटफर्महरूलाई पनि समावेश गर्न दबाब बढिरहेका बेला रोब्लक्स र डिस्कोर्डले केही फिचरमा उमेर प्रमाणीकरण सुरु गरेका छन्। युट्युब किड्स, गुगल क्लासरुम र ह्वाट्सएप भने सामाजिक अन्तरक्रिया केन्द्रित प्लेटफर्म नभएको भन्दै प्रतिबन्धमा राखिएका छैनन्।

यो नियम कार्यान्वयनको जिम्मेवारी सामाजिक सञ्जाल कम्पनीकै हुनेछ। बालबालिका वा अभिभावकलाई सजाय हुने छैन। नियम उल्लंघन गरे सम्बन्धित सामाजिक सञ्जाल कम्पनीले ४ करोड ९५ लाख अस्ट्रेलियन डलरसम्म भुक्तान गर्नुपर्नेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.