एनपीएलमा सट्टेबाजी : क्रिकेट मैदानबाटै ८ भारतीय पक्राउ

एनपीएलमा सट्टेबाजी : क्रिकेट मैदानबाटै ८ भारतीय पक्राउ
फाइल तस्बिर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गर्ने कार्यमा संलग्न ८ जना भारतीय पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूले त्रिवि क्रिक्रेट मैदानबाटै पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता काजीकुमार आर्चायका अनुसार पक्राउ परेका ८ जना भारतीय नागरिक एनपीएलमा अनलाइन वेटिङ गर्नकै लागि भारतबाट नेपालसम्म आएको देखिएको छ। उनीहरूमध्ये कोही विद्यार्थी र कोही सामान्य काम गर्ने व्यक्तिहरू रहेका छन्। 

उनीहरू हरेक खेलमा त्रिवि क्रिक्रेट मैदानमा पुग्ने र त्यहीँ बसेर अनलाइनमा जितहारका लागि बेटिङ गर्ने गर्थे। उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुने गरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रवक्ता आर्चायका अनुसार भारतको आन्ध्र प्रदेशका ८ जना व्यक्तिहरू एनपीएलमा सट्टेबाजी गर्नकै लागि नेपाल आएको देखिन्छ। उनीहरू ठमेल र सुन्धाराको होटलमा बस्ने र एनपीएलको खेल भएका दिन टिकट लिएरै मैदान जाने गर्थे।

 उनीहरूको विभिन्न भारतीय बैंक खाताबाट ५ लाख बढी रकमको कारोबार भएको देखिन्छ। पक्राउ पर्नेहरूमा भारतको आन्ध्र प्रदेशस्थित प्रकासम जिल्लाका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्सिेट्टी र २८ वर्षीय सेख चन्द बसल  रहेका छन्। उनीहरूको साथबाट १५ थान मोबाइल बरामद गरी त्यसबाट प्रविधियुक्त अनुसन्धान गरिएको पनि प्रहरीले जनाइको छ।

प्रहरीले उनीहरूको साथबाट १५ थान मोबाइल बरामद गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ। यसअघि पनि एनपीएलमा खेलाडीलाई प्रलोभन दिने २ जना पक्राउ परिसकेका छन्। एक भारतीय पुरुष र नेपाली महिलामाथि एनपीएलमा सहभागी टिममा रहेका खेलाडीहरू भेटेर म्याचफिक्सिङ गराउने प्रयास गरेको आरोप छ। उनीहरूले ह्वाट्सएपबाट खेलाडीसँग सम्पर्क गरेर होटेलमा भेटी एउटा नो बल फ्याँकेबापत एक करोड रुपैयाँसम्म दिने प्रस्ताव गरेको प्रमाणका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.