बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन

काठमाडौं : बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ। ८९ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

धर्मेन्द्रको अन्तिम संस्कार विले पार्ले आर्यघाटमा गरिएको जनाइएको छ। अन्तिम संस्कारमा अमिताभ बच्चन, सलमान खान, आमिर खान, अक्षय कुमारलगायत अभिनेताहरू सहभागी थिए।

केही समययता धर्मेन्द्र बिरामी रहेको र निरन्तर उपचारमा रहेको बताइएको छ। गत १० नोभेम्बरमा पनि उनलाई अस्पताल भर्ना गरिएको थियो। तीन दिनको उपचारपछि उनी डिस्चार्ज भएका थिए। डिस्चार्ज भएको करिब दुई हप्तापछि उनको निधन भएको हो।

धर्मेन्द्रका दुई पत्नी र ६ जना छोराछोरी छन्। पत्नी हेमा मालिनी, छोराहरू सनी देवल, बबी देवल र इशा देवल पनि बलिउडका चर्चित कलाकारहरू हुन्। 

धर्मेन्द्रले ३ सयभन्दा बढी फिल्ममा काम गरेका छन्। करिब सात दशक सिनेमा जगतमा बिताएका धर्मेन्द्रले शोले, चुपके चुपके, सीता और गीता, धरम वीरजस्ता सुपरहिट फिल्ममा कामसमेत गरेका छन्। उनको अन्तिम फिल्म आगामी महिना रिलिज हुँदैछ, जसको नाम हो इक्कीस।

धर्मेन्द्रको निधनपछि बलिउड कलाकारहरूले एउटा युग सकिएको उल्लेख गरेका छन्। त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भारतीय सिनेमामा एक युग सकिएको उल्लेख गरेका छन्। 

'धर्मेन्द्रजीको निधनले एउटा युगको अन्त्य भएको छ। उहाँ एउटा दिग्गज व्यक्तित्व र शानदार अभिनेता थिए। जसले जुनसुकै पात्रलाई जीवन्त बनाए,' उनले भनेका छन्। उनले धर्मेन्द्रप्रति श्रदाञ्जली अर्पण गरेका छन्।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.