election background

प्रतिनिधि सभा निर्वाचन २०८२

पाँचथरमा ब्राउन सुगरसहित ५ जना पक्राउ

पाँचथरमा ब्राउन सुगरसहित ५ जना पक्राउ

फिदिम : ब्राउन सुगर कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पाँचथरको फिदिम नगरपालिका २ साम्दिनबाट पाँचजनालाई पक्राउ गरेको छ । फिदिम २ साम्दिनका धनराज तुम्बापोले ब्राउन सुगरको कारोबार गरेको सूचना पाएपछि उनको घरमा प्रहरीले छापा मारेको थियो । 

तुम्बापोको घरमा खानतलासी गर्दा १० ग्राम ५२ मिलिग्राम ब्राउन सुगर फेला परेपछि तुम्बापोसहित पाँचजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिश कर्णले जानकारी दिए । 

तुम्बापोसहित फिदिम- ८ का शुसिल गुरुङ,सोही ठाउँका बिजय गुरुङ,फाल्गुनन्द गाउँपालिका- ४ का बिजय तामाङ र इलाम नगरपालिका- १ का लाक्पा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.