जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय जलाउने पाँच जना पक्राउ
सुनसरी : सुनसरीको इटहरीमा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय इटहरीको भवन जलाउने, सवारीसाधनमा तोडफोड, आगजनी, लुटपाट तथा सुरक्षामा खटिएका प्रहरीमाथि दुर्व्यवहार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्राप्त भिडियो, फोटो तथा अन्य प्रमाणका आधारमा पहिचान गरेर उनीहरूलाई बुधबार पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी केशव कुमार थेबेले बताए।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ बस्ने २९ वर्षीय विजय लिम्बू, भोजपुर याङपाङ–७ स्थायी घर भई हाल इटहरी–४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी–५ बस्ने ४४ वर्षीय दीपेन्द्र कुमार कार्की, इटहरी–८ बस्ने २४ वर्षीय आभाष कार्की र इटहरी–४ बस्ने २४ वर्षीय सोनम कार्की रहेका छन्।
पक्राउ परेकामाथि ‘आपराधिक उपद्रव गर्न नहुने’ सम्बन्धी कसूरमा प्रहरीले सुनसरी जिल्ला अदालतबाट चार दिन म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान अगाडि बढाएको छ।
प्रतिक्रिया दिनुहोस !