election background

प्रतिनिधि सभा निर्वाचन २०८२

वीरगन्ज भन्सार क्षेत्रबाट हुण्डीको १० लाख रकमसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज भन्सार क्षेत्रबाट हुण्डीको १० लाख रकमसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज : वीरगन्जको भन्सार क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको नेपाली १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको मोतिहारी जिल्लाको रक्सौल निवासी ५३ वर्षीय सुरेन्द्र साह रहेका छन् । 

सीमापारी रक्सौलबाट वीरगन्ज आउँदै गरेको साहले हाँकेको मधेस प्रदेश ०३ –०२५ प ९८०७ नम्बरको मोटरसाइकललाई वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजत जयन्ति चोकस्थित सडकमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो । 

त्यसक्रममा उक्त मोटरसाइकलको एयर फिल्टरभित्र लुकाइ राखेको नेपाली १ हजार दरका नोट ७ सय थान र ५ सय दरको नोट ६ सय थान गरी कूल १० लाख रुपैयाँ भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । 

साहको साथबाट बरामद उक्त रकमको स्रोत खुल्न नसकेपछि नगद रकम र मोटरसाइकलसहित साहलाई प्रहरीले नियन्त्रणमा लिएको बस्नेतले बताए । बरामद रकम अवैध कारोबार हुण्डीको भएको उनले बताए । हुण्डीको रकमसहित पक्राउ गरिएका साहलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी बस्नेतले दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.