election background

प्रतिनिधि सभा निर्वाचन २०८२

११ औं राष्ट्रिय महाधिवेशन

एमालेले आज एकैदिन देशभर प्रतिनिधि चयन गर्दै, कुनै बहानामा नरोक्न निर्देशन

एमालेले आज एकैदिन देशभर प्रतिनिधि चयन गर्दै, कुनै बहानामा नरोक्न निर्देशन

काठमाडौं : नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको लागि आज एकैदिन देशभर प्रतिनिधि छनौट चयन हुँदैछ। मंसिर २७–२९ गतेमा काठमाडौंमा हुने पार्टीको महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न लागिएको हो।

कतिपय जिल्ला, जनसंगठन, निर्वाचन क्षेत्र एवम् स्वदेशका प्रदेशस्तरीय (विशेषसमेत) कमिटीमा शुक्रबार नै सर्वसम्मत रुपमा प्रतिनिधि चयन भइसकेका छन्। एमालेका नेताहरुका अनुसार आज पनि बिहानसम्म सर्वसम्मतको प्रयास गर्ने र सहमति नभएका स्थानमा निर्वाचन गराउने तयारी छ। 

एमालेका संगठन विभागका सचिव माधव ढुंगेलले निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्यरुपमा प्रकाशन गर्ने निर्देशन दिइएको बताए। ‘महाधिवेशनको प्रतिनिधि छनौटको काम देशभर  अगाडि बढेको छ। कतिपय ठाउँमा सर्वसम्मत प्रतिनिधि छनोट भएका छन्, कतै सर्वसम्मत चयनको प्रयास जारी रहेको जानकारी आएको छ।’ढुंगेलले अन्नपूर्णसँग भने, ‘निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्यरुपमा प्रकाशन गर्ने निर्देशन दिइएको छ। केन्द्रीय कमिटीले परिपत्र, सचिवालय बैठकले प्रतिनिधि छनोटको संख्याको विषयलाई थप प्रष्ट पारेको छ। सोही अनुसार संगठन विभागले निर्देशन दिएको छ। ’ 

ढुंगेलले महाधिवेशन प्रतिनिधि सकेसम्म सर्वसम्मत र सहमति नभए आज देशैभरि र प्रवासमा पनि निर्वाचनमार्फत प्रतिनिधि छनौट हुने  बताए। उनले संगठन विभागले कुनै पनि बहानामा प्रतिनिधि छनौटलाई आजबाट पछाडि नसार्न निर्देशन दिएको बताए। ढुंगेलले मंसिर १५ गतेभित्र सबै विवरण पठाउन निर्देशन दिइएको बताए।

प्रतिनिधिको उम्मेदवारी शुल्क १ हजार रुपैंयाभन्दा बढी नलिन पनि विभागले निर्देशन दिएको छ। एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

नेकपा एमाले रामेछापका सचिव प्रकाश कुमार कार्कीले सकेसम्म सर्वसम्मत रुपमा तोकिएको मापदण्डअनुसार प्रतिनिधि छनोट गरिने र सर्वसम्मत हुन नसके लोकतान्त्रिक प्रणालीअन्तर्गत निर्वाचनमार्फत प्रतिनिधि चयन गरिने बताए। उनले पार्टीका संगठित सबै सदस्यले सम्बन्धित क्षेत्रको उम्मेदवारलाई मतदान गर्न पाउने व्यवस्था रहेको बताए। 

एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० रहेका छन्। एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो क्लस्टर भनेको भूगोल हो। भुगोललाई एमालेले संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ। एमालेले पठाएको अपानिमा केन्द्रीय कमिटी, तीनवटा आयोग र केन्द्रीय सल्लाहकार परिषद्‌बाट निर्वाचितसहितका प्रतिनिधि रहनेछन्। त्यसगरी विशेष जिल्ला, प्रदेश र जनसंगठनबाट पनि प्रतिनिधि कायम हुन्छन्। एमालेले प्रत्येक निर्वाचन क्षेत्रबाट १ जना युवा अनिवार्य गरेको छ।

कति कसरी छनोट हुँदैछन् प्रतिनिधि ?

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विभिन्न जिल्लाहरुले अनुकूलता अनुसार मतदानको समय तय गरेको जानकारी दिए। गौतमका अनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला,महिला,दलित तथा युवाहरु सहित करिब २ हजार प्रतिनिधि छनौट हुँदैछन्। 

यस्तै प्रवास, जनसंगठन र विभागहरुबाट करिब १ सय प्रतिनिधि छनौट हुनेछन्। मनोनित एमालेको ११ महाधिवशेनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन्। 

एमालेको कात्तिक १५ गते बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णय अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति १२०० सदस्य खुला दुई र महिला एक निर्वाचित गर्नुपर्नेछ। यसरी प्रतिनिधि छान्दा एक जना ४० वर्ष भन्दा कम उमेरका युवा अनिवार्य हुनुपर्ने छ।

यस्तै प्रति ८ सय सदस्य एक प्रतिनिधि, जसमा महिला निर्वाचित गर्ने विधि तय गरिएको गौतमले जानकारी दिए। 

दलितका लागि प्रति पाँच सय सदस्य एक प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधि राखिएको छ। ट्रेड युनियनमा प्रदेशबाट सात जना प्रतिनिधि रहनेछन्। जनसंगठनबाट प्रतिजनसंगठन ५ जनाको प्रतिनिधित्व रहनेछ। महासङ्घीय ढाँचामा रहेका जनसंगठनबाट भने सात जनाको प्रतिनिधित्व रहनेछ।

विभाग र कार्यालयबाट एकएक जनाको प्रतिनिधित्व रहनेछ। प्रवासबाट महादेश अनुसार पाँच जनाको प्रतिनिधित्व रहनेछ।

केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः प्रतिनिधि हुनेछन्। त्यस्तै अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद् बाट २५ जना प्रतिनिधि रहनेछन्। यी कमिटीबाट जम्मा ४६४ जना स्वतः प्रतिनिधि हुनेछन्।

एमालेको कुल संगठित सदस्य संख्या ६ लाख ६७ हजार ६३० सदस्य मध्ये प्रदेशबाट ४५, प्रतिनिधि सभाको निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, यस्तै  प्रवासबाट, केन्द्रीय विभाग र कार्यालयबाट, जनसंगठनबाट सहित गरी अनुमानित १९ सयभन्दा बढी प्रतिनिधि रहनेछन्। पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नेछ। यी सबै जोड्दा कुल २१ सय भन्दा बढी प्रतिनिधि रहने अनुमान गरिएको छ। तर सचिवालयको पछिल्लो निर्णयले केही प्रतिनिधि थप हुने गरी पार्टी सदस्य संख्याको अनुपात घटाइएको गौतमले जानकारी दिए। उनका अनुसार प्रतिनिधि छनौटको यो विधि सम्बन्धित कमिटीमा पठाइसकिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.