election background

प्रतिनिधि सभा निर्वाचन २०८२

कालो पदार्थ, धुवाँ र परिणति

कविता

कालो पदार्थ, धुवाँ र परिणति

२५ वर्षअघि

नाम नखुलेको कालो पदार्थको सेवनले
अढाई सय वर्षदेखि निरन्तर रहेको
वंश विनाश गरिदियो राजतन्त्रको,
राजा वीरेन्द्रको
वंश सत्यानाश गर्ने हत्याकाण्ड
राजारानी, युवराजदेखि शाही परिवार
दस सदस्यको निर्ममतापूर्वक कत्लेआम,
हत्या त हत्या थियो
षड्यन्त्र मिसिएको– प्रेम वा घृणा ?

कुनको अंश, मात्रा कति थियो ?
भन्नेहरूले भनिदिए, परिणति हो,
कालो पदार्थ सेवनको।
सेवन कालो पदार्थको होस् वा कालो धुवाँ
सेवनपछि पृथ्वीनारायण नेतृत्वले सिर्जना गरेको
सगोल भूगोलभित्रको राजतन्त्र
समाधिमा समेटिन साध्य बन्यो ।

केही वर्षयता फेरि सहरमा
त्यही कालो तत्त्वको धुवाँमा रुमल्लिनेहरू
रमाउँदैछन्, सिंहदरबार जलाइदिने ध्वंसमा
जलाउने अंश र हिस्सामा।

निर्वस्त्र नाच त चलेकै थियो
राजतन्त्रमा, प्रजातन्त्रमा, गणतन्त्रमा
भ्रष्टहरूको चकचकी र
बिचौलियाको बिगबिगी त बढेकै थियो,
हामी फगत रमिते रह्यौं
लुटेराले लुटिरह्यो
गरिरह्यो बलात्कारीले बलात्कार,
रगत लुटियो, जीवन टुटाइयो
भाइ–भाइ फुटाइयो ।
सत्ता र शक्तिको लालचमा
यदुवंशी काटमारमा उत्रियौं ।

योजना उसले बुन्यो
विवेक हामीले थुन्यौं
लालच उसले भरिदियो
लठैत हामी बन्यौं।
पानी भन्दै पेट्रोल बाँडिरह्यो
बारुद र सलाई च्यापेर दौडिरह्यौं
सिंहदरबार, सर्वोच्च र संसद् भवन जलाउन
राष्ट्रको झण्डा छातीमा टाँसेर।

सूचना न संयम, विवेक न बुद्धि,
योजना उसकै आदेश र औजार तिनकै
बहकाउमा बहकिएका आक्रोश र उत्तेजनाको
राँकोमा रंगिएर चन्द्रसूर्य अंकित ध्वजामा
लपेटिएर मारिने र मार्ने एकाघरका हामी।

नारायणहिटीको बर्बर वंश नाशमा
सिंहदरबार र सर्वोच्चको अग्निकाण्डमा
गाँस काटेर, पेट थिचेर, सपना सुकाएर
जतन साथ सम्हालेको,
दिल दुखाएर, भोकभोकै लपेटिएर
संरक्षित संगठन, विश्वास र भरोसाको
जंगी, लाठ वा सशस्त्र
निकाय सुरक्षाको न चल्यो, न बोल्यो ।

फगत मूकदर्शक बनिरह्यो
दरबारमा गोली चलेको,
दृश्य कैद गरिरह्यो, देश जलिरहेको
उपस्थिति थियो काफी
मार्च पासमै माग्थ्यो माफी
जोगिन्थे ऐतिहासिक भवन सम्पदा
रोकिन्थ्यो त्राहिमामको त्रासदी,
भनौं के ? के दिउँ बिम्ब ?
गरौं आशा वा बोकौं निराशा ?
केले रोक्यो भूगोल जोड्ने देशको ?

कुदृष्टि लाउँदा आँखा तोड्ने फिरिंगीको
आँधी, हुरी त्यो निर्भय र साहसको
मुटु जलाउँदा देशको
लाचार, निरीह धुवाँसँगै विलीन
नागरिक विश्वास, होलेरीमा हराउँदा
नारायणहिटीमा नदेख्दा, सिंहदरबार सल्कँदा
किन हुँकार न प्रतिकार ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.