चार महिनामा ३०६ सवारी दुर्घटना, १४ जनाको मृत्यु, ५०० भन्दा बढी घाइते
रौतहट : रौतहटमा पछिल्लो चार महिनामा सवारी दुर्घटना परेर १४ जनाले ज्यान गुमाएका छन्।
साउनदेखि कार्तिक महिनासम्म मात्रै जिल्लामा ३०६ सवारी दुर्घटना भएका हुन्। यी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् भने ५०० जनाभन्दा बढी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
यसै अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ६५१ सवारीसाधनविरुद्ध कारबाही गरिएको छ। कारबाहीमार्फत २३ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरले जानकारी दिए।
दुर्घटनामा ४४ जना गम्भीर र ४६४ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीले सडक दुर्घटना रोकथामका लागि कार्यालयले चार महिनामा १ हजार ३८५ सडक सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ।
यी कार्यक्रममा १९ हजार ३६५ जनाले सहभागिता जनाएको प्रमुख मगरले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !