election background

प्रतिनिधि सभा निर्वाचन २०८२

एमालेले गर्‍यो महाधिवेशनका लागि देशैभर एकसाथ प्रतिनिधि छनौट

एमालेले गर्‍यो महाधिवेशनका लागि देशैभर एकसाथ प्रतिनिधि छनौट

काठमाडौं : नेकपा एमालेले पार्टीको एघारौँ महाधिवेशनका लागि देशैभर एकसाथ प्रतिनिधि छनौट गरेको छ। प्रतिनिधि छनौटका लागि मंसिर ११ गते मनोनयन दर्ता गरिएको थियो। 

केही क्षेत्रमा सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गरिएको छ भने केही क्षेत्रमा निर्वाचन गरेर प्रतिनिधि छनौट गरिएको एमालेले जनाएको छ। महाधिवेशनका लागि संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवाहरू सहित करिब २ हजार प्रतिनिधि छनौट गरिएको छ भने प्रवास, जनसंगठन र विभागहरूबाट करिब १ सय प्रतिनिधि छनौट हुने एमालेले जनाएको छ।  

प्रतिनिधि छनौटका लागि केन्द्रीय संगठन विभागले सिफारिस गरेको प्रस्तावलाई पार्टी सचिवालयले यस अघि पनि पास गरेर मातहतका कमिटीमा पठाएको थियो।

त्यस्तैगरि केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ भने अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद्बाट २५ जना प्रतिनिधि गरी जम्मा ४६४ जना स्वतः प्रतिनिधि हुने एमालेले जनाएको छ।

एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित काठमाडौंमा यहीँ मंसिर २७ देखि २९ गतेसम्म पार्टीको ११ औँ महाधिवेशन आयोजना गर्ने भएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.