नेपालमा ३४ हजार ३ सय ३७ व्यक्तिमा एचआईभी संक्रमण

नेपालमा ३४ हजार ३ सय ३७ व्यक्तिमा एचआईभी संक्रमण

काठमाडौं : नेपालमा एचआईभी संक्रमितको संख्या विस्तारै घट्न थालेको सरकारी तथ्यांकले देखाएको छ । विश्व एड्स दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले अनुमान भन्दा संक्रमण घटेको जानकारी दिए ।

उनले सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३ सय ३७ व्यक्तिमा एचआईभी संक्रमण भएको बताए। सरकारी तथ्यांक अनुसार कुल संक्रमितमध्ये १५ वर्ष भन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन् । त्यस्तै १५ वर्ष माथिका १४ हजार जना महिलाहरूमा एचआइभी संक्रमण छ ।

डा शर्माले १५ वर्षभन्दा माथिका एचआइभी संक्रमित पुरुषहरूको संख्या १९ हजार २ सय ७९ रहेको र एक हजार ५८ जना एचआइभी पोजेटिभ बालबालिकाहरू रहेको बताए । अझैपनि दिनमा २ जना नयाँ संक्रमित थपिरहेका छन् भने दिनमा एक जनाको एचआइभीका कारण मृत्यु भइरहेको उनले बताए।

निर्देशक डा शर्माका अनुसार नेपालमा सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिइएको छ । सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्न ९५ प्रतिशतलाई आफ्नो संक्रमणबारे थाहा पाउने, ९५ प्रतिशतले औषधि उपचारमा पहुँच पुराउने र ९५ प्रतिशतको भाइरललोड कम गराउने सरकारी लक्ष्य रहेको छ । डा शर्माले आगामी एक वर्षभित्र एचआइभी संक्रमण विरुद्धको रणनीति बनाउनुपर्ने आवश्यकता रहेको औल्याए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.