साउदीमा नेपाली सेफले पाए अन्तर्राष्ट्रिय अवार्ड
साउदी : विक्रम वैद्यले विश्वको उत्कृष्ट खाद्य पर्यटन कुक बुकका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय गौरमान्ड पुरस्कार प्राप्त गरिरहेका छन्। साउदी अरेबियाको रियाद शहरमा आयोजित ३१ औं अन्तर्राष्ट्रिय गोरमान्ड अवार्ड नेपाली सेफ वैधले पाएका हुन्। विश्वव्यापी रूपमा पाककला प्रकाशनमा सर्वोच्च सम्मान मध्ये एकको रूपमा मान्यता प्राप्त गौरमान्ड अवार्डले विश्वभरका उत्कृष्ट खाना र पेय पुस्तकहरूलाई मनाउँछ जस स्वरूप वैद्यको पुस्तकलाई यसको गहिरो सांस्कृतिक कथा कथन, व्यापक अनुसन्धान र नेपालको प्राचीन पाक सम्पदाको संरक्षणमा हार्दिक समर्पणको लागि छनोट गरिएको थियो।
२० मुलुकबाट २९ नोभेम्बर २०२५ का दिन सो अवार्डका लागि उपस्थित रहेका थिए। नोमिनेसनमा परेको नेपालले द मिस्टिक किचेन्स अफ नेपालबाट उत्कृष्ट अवार्ड प्राप्त गरेको हो। यस बुकमा नेपालको परम्परागत रेसिपीहरू, संस्कृति, यात्राका अनुभवहरू र पुस्तादेखि पुस्तासम्म हस्तान्तरण गरिएको ज्ञानको उत्सव , नेपाली खानालाई आकार दिने हात, परम्परा र सम्पदाको याद जोडेको छ।
साथै द मिस्टिक किचेन्स अफ नेपालले नेपालभरि १६ वर्षको यात्राको दस्तावेजीकरण गर्नुको साथै परम्परागत व्यञ्जनहरू, क्षेत्रीय खाद्य मार्गहरू र हिमालयन खानाको सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई समेट्छ। यस पुस्तकले दिगोपन, सम्पदा संरक्षण र पाककला शिक्षाप्रतिको प्रतिबद्धताको लागि अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेको छ।
विक्रम वैद्य एक प्रसिद्ध पाककला शिक्षक, लेखक र हिमालयन खाद्य सम्पदाको संरक्षणकर्ता हुन्। सेफ वैधका अनुसार यस पुरस्कारबाट सम्मानित महसुस गदै “यो सम्मान उनका लागि मात्र नभई, सारा नेपाली जनताको लागि हो जसका कथाहरू, परम्पराहरू र पाककला ज्ञानले यस पुस्तकको प्रत्येक पृष्ठलाई प्रेरित गरेको बताए।
प्रतिक्रिया दिनुहोस !