शतक बनाएपछि फ्यानले घुँडा टेकेर विराट कोहलीको छोए खुट्टा
काठमाडौं : रांचीको जेएससीए अन्तर्राष्ट्रिय रंगशाला कम्प्लेक्समा दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीय खेलमा भारतीय क्रिकेटर विराट कोहलीले उत्कृष्ट प्रदर्शन गरे। कोहलीले केवल १२० बलमा १३५ रन बनाए। उनले यसमा सात छक्का र ११ चौका प्रहार गरे। उनले एक छक्का र एक चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे।
यो कोहलीको ५२ औं एकदिवसीय शतक हो यो शतकसँगै कोहली एकै ढाँचामा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय शतक बनाउने ब्याट्सम्यान बने। उनले टेस्ट क्रिकेटमा ५१ शतक प्रहार गर्ने सचिन तेन्दुलकरलाई पछि पारे।
यसैबीच कोहलीले शतक पूरा गरेपछि खुशी मनाइरहेका बेला एक फ्यान सुरक्षा घेरा तोडेर मैदानमा प्रवेश गरे। फ्यान कोहलीको नजिक पुगेपछि घुँडा टेकेर उनको खुट्टा छुन थाले। त्यसपछि सुरक्षाकर्मीहरूले उनलाई बाहिर निकाले। यो भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भएको छ।
प्रतिक्रिया दिनुहोस !