election background

प्रतिनिधि सभा निर्वाचन २०८२

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक

नीतिगत दर घट्यो, लघुवित्तको धितो कर्जा सीमा १५ लाख

नीतिगत दर घट्यो, लघुवित्तको धितो कर्जा सीमा १५ लाख

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। सोमबार नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले उक्त समीक्षा स्वीकृत गरी सार्वजनिक गरेको हो।

मौद्रिक नीति समीक्षा गर्दै राष्ट्र बैंकले नीतिगत दर घटाएको छ। यसअघि कायम रहेको नीतिगत दर ४.५० प्रतिशतबाट घटाइ ४.२५ प्रतिशत कायम गरेको छ।

यसैगरी करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरिएको छ। तल्लो सीमाको रुपमा रहेको स्थायी निक्षेप सुविधा  दरलाई २.७५ प्रतिशत यथावत राखिएको छ। 

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट धितोामा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख कायम गरेको छ। यसैगरी बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने  व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा ५० लाखबाट वृद्धि गरी १ करोड कायम गरेको छ।

आन्तरिक आर्थिक तथा वित्तीय स्थिति

मुद्रास्फीति

 २०८२ असोजमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो । तरकारी, मसला, दाल तथा गेडागुडीको मुद्रास्फीति ऋणात्मक भएका कारण खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि २०८२ असोजमा २.५४ प्रतिशतले ऋणात्मक रहेको छ । गैर–खाद्य तथा सेवा समूहका मुद्रास्फीति भने ३.८० प्रतिशत रहेको छ । 

२०८२ असोजमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति १.३२ प्रतिशत रहेको छ । यस्तो मुद्रास्फीति अघिल्लो वर्षको सोही महिनामा ५.५१ प्रतिशत रहेको थियो । यस अवधिमा तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सूचकाङ्क ३.३१ प्रतिशतले बढेको थियो ।

बाह्य क्षेत्र

आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रयमासमा कुल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड कायम भएको छ । यस अवधिमा वस्तु आयात १९.८ प्रतिशतले वृद्धि भई रु.४६८ अर्ब ८ करोड कायम भएको छ । समीक्षा अवधिमा कुल वस्तुव्यापार घाटा १२.२ प्रतिशतले वृद्धि भइ ३९५ अर्ब ३० करोड पुगेको छ ।

आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रयमासमा चालु खाता २३७ अर्ब ५९ करोड र शोधनान्तर २६४ अर्ब ३ करोडले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु.११५ अर्ब ३६ करोड र शोधनान्तर रु.१८४ अर्ब ९९ करोडले बचतमा रहेकोथियो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भइ ५५३ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११.९ प्रतिशतले वृद्धि भइ ४०८ अर्ब ७७ करोड पुगेको थियो ।

नेपाल सरकार,अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) को तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रयमासमा संघीय सरकारको कुल खर्च १०.८ प्रतिशतले र राजस्व परिचालन ०.३ प्रतिशतले बढेको छ । यस अवधिमा नेपाल सरकारको कुल खर्च ३६४ अर्ब ५९ करोडमध्ये चालु खर्च २५६ अर्ब ८१ करोड, पुँजीगत खर्च १९ अर्ब १८ करोड र वित्तीय व्यवस्था खर्च ८८ अर्ब ६० करोड रहेको छ ।

 समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) २४९ अर्ब ५ करोड रहेको छ । यस अवधिमा नेपाल सरकारलेरु.९० अर्ब आन्तरिक ऋण र १६ अर्ब ३३ करोड बाह्य ऋणसमेत गरी कुल १०६ अर्ब ५५ करोड ऋण परिचालन गरेको छ।

मौद्रिक तथा वित्तीय क्षेत्र

वार्षिक विन्दुगत आधारमा २०८२ असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १२.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्राप्रदाय १३.३ प्रतिशतले वृद्धि भएको थियो।  समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले वृद्धि भइ ५५८० अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जाप्रवाह २.५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ३.० प्रतिशतले वृद्धि भइ७४८२ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप परिचालन २.६ प्रतिशतले बढेको थियो।

आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रयमासमा निक्षेप सङ्कलन बोलकबोलमार्फत ७१४ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत १२३६१ अर्ब ३० करोड गरी खुला बजार कारोबारबाट कुल १३०७५ अर्ब ९५ करोड (कारोबारमा आधारित) प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुला बजार कारोबारबाट कुल ७८३३ अर्ब ४० करोड प्रशोचन गरिएको थियो।

समीक्षा अवधिमा यस बैंकबाट विदेशी मुद्रा खरिदमार्फत २६२ अर्ब १४ करोड तरलता खुद प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कारोबारबाट १९६ अर्ब ७९ करोड तरलता खुद प्रवाह भएको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात २०८२ असोजमा ५.२६ प्रतिशत पुगेको छ । २०८१ असोजमा यस्तो अनुपात ४.४२ प्रतिशत रहेको थियो। २०८२ असोजमा वाणिज्य बैंकको ५.०३ प्रतिशत, विकास बैंकको ६.०३ प्रतिशत र वित्त कम्पनीको १२.५२ प्रतिशत निष्क्रिय कर्जा अनुपात रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.