आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न
काठमाडौं : काठमाडौंस्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ।
नेपालका लागि बेलायती Deputy Ambassador Dr. Luke Beaumont, नबिल बैंकका प्रमुख कार्यकारी मनोज ज्ञवालीको आतिथ्यमा र सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि र अविभावकहरुको उपस्थितिमा सम्पन्न उक्त समारोहमा बीबीए (Business and Management), BHM, BSc. IT (CSE) उत्तीर्ण ५३५ जना विद्यार्थी दिक्षित भएका छन्।
उक्त समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई विश्वविद्यालयले विशेष अवार्ड समेत प्रदान गरेको थियो। साथै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई आईएसएमटी ग्रुपका क्याम्पसहरुमा स्नाकोत्तर तहमा सतप्रतिशत छात्रवृत्ति समेत प्रदान गरेको छ।
आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धनमा कलेज सञ्चालन गरी बीबीए, बीएचएम, BSc. IT, Cyber Security and Digital Forensics र एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !