मंसिर पूर्णिमामा मन परेको रोटी ‘योमरी’ !

मंसिर पूर्णिमामा मन परेको रोटी ‘योमरी’ !
फाइल तस्बिर

सबैभन्दा पहिले मनपर्ने रोटी बनाउने व्यक्ति राजा जनक हुन्। त्यतिबेला मिठाई पसल नभएकाले घरमै मन परेको रोटी बनाइन्थ्यो, जसलाई ‘बगिया’ भनिन्थ्यो।

मंसिर महिनाको पूर्णिमालाई विभिन्न नाममा नामकरण गरिएको छ— (क) धान पूर्णिमा, (ख) धान्य पूर्णिमा, (ग) योमरी पूर्णिमा। संसारभर चाडपर्व, जन्मदिन र उत्सव सबै पात्रो वा क्यालेन्डरअनुसार तिथि, मिति र तारिखबाट सुरु हुन्छन्। एक वर्षभित्र बार महिना हुन्छन्। एक महिनामा ३० वा ३१ दिन पर्न आउँछ। ३६५ दिनको एक वर्ष हुन्छ र हरेक महिनामा एक पूर्णिमा आउँछ।

पूर्णिमा तिथिबाट आउँछ, मितिबाट होइन। मितिबाट बनेका महिनाको नाम यस प्रकार छन् : (१) वैशाख, (२) जेठ, (३) असार, (४) साउन, (५) भदौ, (६) असोज वा आश्विन, (७) कात्तिक, (८) मंसिर, (९) पुस, (१०) माघ, (११) फागुन र (१२) चैत वा चैत्र। महिना गतेबाट बने पनि चाडपर्व सधैं तिथिबाटै सुरु हुन्छन्। प्रत्येक महिनामा पूर्णिमा आउँछ र त्यो सधैं तिथिअनुसार नै हुन्छ। हरेक पूर्णिमा एउटा चाडपर्व पर्छ। मंसिर महिनाको पूर्णिमामा विशेष चाडपर्व हुन्छ। यो पर्वलाई नेपालमा नेपालीले विभिन्न पर्वभन्दा पनि विशेष पर्वका रूपमा मनाउने गरेको पाइन्छ।

अब यो पूर्णिमा पर्वबारेमा चर्चा गरौं। यो पूर्णिमाको दिनमा नुवाकोटमा दुप्चेश्वरमा मेला लाग्छ। यो ठाउँमा महादेवलाई पूजा गरी उत्सव मनाइन्छ र विशेषगरी देवीको जात्रा गरिन्छ। उभौली पर्व किराँतहरूमा, ल्होसार गुरुङहरूमा, उधौली पर्व, गाईजात्रा पूजा, धन्येश्वर मन्दिरमा मेला, रानीकोटमा भगवती र भैरवको जात्रा, हरिसिद्धिमा जात्रा तथा साँखुको वज्रयोगिनी पूजा यी सबै जात्रा तथा पर्व यस पूर्णिमाको दिनमा मनाइन्छन्। यस दिन लामो रात र छोटो दिन हुन्छ। यो दिनमा गोठ पूजा पनि हुन्छ। घिमिरे, थामी, हुमागाईं, विष्ट, योगी, ब्राह्मण, खनाल, प्याकुरेललगायत धेरै थरले कुलदेवताको पूजा गर्छन्। यस दिन नयाँ भित्र्याएको धानको चामल र दही मिसाएर न्वागी खाने र महर्जनहरूको देशी पूजा पनि हुन्छ। अरूका झारको धानलाई पनि पूजा गर्ने चलन छ।

यो दिन वर्षभरि खाने अन्न भण्डारण गर्ने दिन पनि हो। जस्तै, असार महिनामा रोपिएका धान पाकेर मंसिर महिनामा काटिन्छ। त्यस मंसिर पूर्णिमाको दिनलाई भण्डारमा राख्दै पूजा गरी पर्व मनाइन्छ। यसलाई धान पूर्णिमा भनिन्छ। यो पर्व मलमास पर्ने समयमा पुस महिना पर्ने जान्छ। धेरैजसो जिल्लामा धान भकारीमा राखिन्छ तर दाङ जिल्लामा थारू जातिले धान भकारीमा नराखी उनीहरूले भिन्नै खालको सामग्री बनाएर धान भण्डारण गर्ने चलन छ।

चौधरी (थारू)हरूले धान राख्न मानिस उभ्याएका सालिक (मूर्ति) बनाउँछन्। एक पुरुष र एक महिलाको शरीरजस्तो बनाइन्छ र भित्री भाग खोक्रो हुन्छ। त्यसमा टाउकोमा एउटा प्वाल राखेर धान त्यही प्वालभित्र भण्डारण गरिन्छ। धान निकाल्न तलतिर जल, मूत्र, धूलो राखिएको अर्को प्वाल पनि हुन्छ। त्यो प्वाल बन्द गरेर राखिन्छ र आवश्यक पर्दा मात्रै प्वाल खोल्दै धान झिकिन्छ। भकारीमा जस्तो हातले झिक्नु पर्दैन, सालिकको प्वालबाट धान निकाल्न धेरै सजिलो हुन्छ।

धानलाई भण्डारण गर्ने साइत हेर्ने काम ज्योतिष वा ज्योतिषीले गर्छ। ज्योतिषीले साइत दिएपछि धानलाई भकारीमा राख्ने चलन छ। धानलाई पूजा गर्ने दिन मंसिर पूर्णिमा हो, त्यसैले यसलाई धान पूर्णिमा भनिन्छ। धान पूर्णिमा नै अपभ्रंश भएर धान्य पूर्णिमा भएको हो। धानलाई कुटेर चामल बनाउने दिन पनि यही हो। चामललाई पिठो बनाएर मन परेको रोटी तयार गरी खाने दिन पनि यही पूर्णिमा हो। नेवारीमा मन परेको रोटीलाई ‘योमरी’ भनिन्छ। मनपर्ने रोटी खाने अर्थात् योमरी खाने दिनलाई ‘योमरी पूर्णिमा’ भनिन्छ।

यो कुन समयमा बनाएको वा आविष्कार गरेको हो ?: नेपालमा त्रेता युगको समयमा जनकपुरका मिथिलावासी र जनक राजाले खेतमा धान रोपी धान फलाई धानलाई काटी एक वर्षसम्म पुग्ने गरी भण्डार गरिएको दिनलाई धान पूर्णिमाको दिन हो भनिएको छ। त्यतिबेला स्वयम्भू दह, काठमाडौं उपत्यकामा पानीले भरिएको थियो। त्यतिबेला उपत्यका मानिस नै थिएनन्। काठमाडौंमा नेवार आउनुभन्दा अगाडि यो पर्व बनाइएको हो।

सबैभन्दा पहिले मनपर्ने रोटी बनाउने व्यक्ति राजा जनक हुन्। त्यतिबेला मिठाई पसल नभएकाले घरमै मन परेको रोटी बनाइन्थ्यो, जसलाई ‘बगिया’ भनिन्थ्यो। यो बगिया रोटी चामलको पिठो बनाई पिठोलाई मुछेर पेलेर त्यसमा तरकारी राखेर बनाइने विशेष रोटी हो। यो अहिले पनि जनकपुरमा खाने चलन छ। अहिले यो रोटी जुन बेलामा पनि खान सकिन्छ। पसल–पसलमा समेत बेचिएको पाइन्छ। मन परेको रोटी वा बगियालाई पनौती आएपछि यसको आकार अलिकति परिवर्तन गरियो। यसमा रोटीभित्र तिल र चाकु मिसाएर झोल राखी (पुरेर) बनाइयो। पनौतीवासीले यस रोटीमा केही परिवर्तन गरी आजको रूपमा विकास गरे।

योमरी कसरी बनाउने ? : धानलाई चामल बनाएपछि चामललाई पनि पिठो बनाउँछ। एउटा भाँडामा एक माना वा दुई मानासम्मको पिठो लिएर तताएको पानी हालेर पिठोलाई मुछिन्छ र डल्लो–घेरो जस्तो बनाइन्छ। मुछिएको पिठो एक मुठी लिई डल्लो बनाएर हातमा राखिन्छ। हातको औंलाले पिठोमा प्वाल बनाएर, त्यस प्वाललाई घुमाउँदै–घुमाउँदै व्स्तिारै ठूलो बनाउँछ। यसरी बनाउँदा यो स्तूपा वा देगलको गजुर आकार जस्तो हुन्छ। तिललाई भुटेर र चाकु (गुँड)लाई पगालेर तिललाई चाकुसँग मिसाई झोल बनाइन्छ।

त्यो झोल योमरीको भित्र बनाइएको प्वालमा राखिन्छ। त्यसपछि अर्को सानो पिठो चक्काले प्वाललाई टाँस्दै बन्द गरिन्छ। एउटा प्वाल भएको भाडोमा योमरी राखी अर्को भाँडामा उम्लेको पानीमा राखेर उसिनिन्छ। लगभग २० मिनेट राखेपछि योमरी पाक्छ। त्यसपछि भाँडाबाट निकालेर अर्को भाँडामा राखिन्छ वा सिधै खाने गरिन्छ। यसरी बनाइएको खाने परिकारलाई ‘योमरी’ भनिन्छ, जसको अर्थ नै ‘मन परेको रोटी’ हो। योमरी मंसिर पूर्णिमामा बनाइन्छ। अन्य बेला सामान्यतया यो बनाइँदैन। त्यसैले यसलाई ‘योमरी पूर्णिमा’ भनिएको हो।

स्वयम्भू दहभित्र पनौतीबाट आएका मानिसहरूले यो योमरी बनाएको हो। यो बनाउने वर्ग तण्डुकार जातिले बनाएको हो। यो मंसिर पूर्णिमाको दिनमा बनाइएको हो। स्वयम्भू स्तूपामाथि चढेर त्यहाँबाट योमरी छाडेर ल्याउँछन् र देवतालाई पनि चढाएर खाने चलन छ। उपत्यकामा सबै नेवार जातिले यो दिनमा योमरी बनाएर खाँदैनन्।

बालबालिकाको जन्म दिनमा योमरी : बच्चाको जन्मदिनमा पनि योमरी बनाएर योमरी टाउको माथिबाट खसाली जन्मदिन मनाउने चलन छ। अर्को रात मच्छिन्द्रनाथको रथ तानेर सुन्धारामा पुर्‍याई पूजाको दिनमा माथि रथबाट योमरी झार्ने चलन छ। भोजपुर, पाल्पा, धरान, बन्दीपुर आदि ठाउँमा यो पर्व मनाइन्छ। र अहिलेसम्म जन्मदिनमा यो रोटी बनाएर मनाउने चलन छ। विदेशमा पनि खाइन्छ।

सन् १९८६ सालमा नेपाली प्रतिनिधिमण्डल नेपाल हस्तकला महासंघबाट चीनको बेइजिङमा मसहित चारजना गएका थियौं। त्यतिबेला बेइजिङ हस्तकला र संस्कृति विभागबाट त्यहाँको हस्तकलाबारे अध्ययन पनि गरियो। राति रात्रिभोजका लागि एउटा रेस्टुरेन्टमा खानाको बन्दोबस्त गरिएको थियो। त्यतिबेला उहाँहरूले रेस्टुरेन्टमा बनाएको खाना हामीलाई योमरी आकार र हाँसको मासु एउटा प्लेटमा राखेर देखाउन अगाडि ल्याए। हामी सबैले हेर्‍यौं।

७० हजार वर्षअघिको खाना : एकछिनपछि त्यसलाई मासुभित्र राखी बन्द गरी हाम्रो अगाडि ल्याए। उनीहरूले पूरा हातले बनाएको खाना नेपाली हस्तकला व्यापारीहरूलाई खुवाउन भनेर हाम्रो अगाडि राखे। उनीहरूले धेरै पुरानो खाना करिब ७० हजार वर्षअघिको खाना भने। हामीले पनि त्यो खाना बनाएर ल्याएको हेर्‍यौं। त्यो खाना हाम्रो योमरीको आकारमा आउँथ्यो। अलिअलि फरक थियो। उनीहरूसँगै बसेर हामीले त्यो ससेजको झोलमा चोपेर खाए। खाना मिठो थियो। स्वाद अर्को किसिमको नयाँ थियो।

चिनियाँहरूले भने, ‘नेपाल कला–संस्कृतिमा धनी छ। हामी पनि संस्कृति र खानामा धनी छौं।’ हामीले भन्यौं, ‘यो मासु भएको योमरी पो रहेछ, नेपालमा छैन। मेलामा जाँदा पनि मासु भएको योमरी किनेर खाएका छौं।’ यस्तै जापानमा सन् २००० सालमा र दक्षिण कोरियामा सन् १९९३ मा मेलामा जाँदा पनि मासु भएको योमरी किनेर खाएको छु। यो योमरी वर्षको एकचोटी मंसिर महिनाको पूर्णिमाको दिनमा पर्वको रूपमा लिइन्छ। यो नेपालभित्र बस्ने सबै नेवारहरूले यो योमरी पर्वको रूपमा लिन्छन् र यसलाई योमरी पूर्णिमा भन्छन्। यो दिन केही नेवारहरू योमरी बनाएर यही दिनमा खाने गर्छन्। अर्का समयमा पनि बनाएर खाने गरेको पाइन्छ। योमरी खाने पूर्णिमालाई योमरी पूर्णिमा भनिन्छ।

योमरी अर्थात् मन परेको रोटी : अहिले योमरी (मन परेको रोटी) जुनबेला पनि बनाएर खाने गरिन्छ। १२ महिनै खाइन्छ। विभिन्न नेवारी परिकार पाइने रेस्टुरेन्टहरूमा पनि किनेर खान पाइन्छ। यसको आकार पनि फरक–फरक बनाइन्छ। योमरीभित्र अब तिल र चाकुमात्र होइन, खुवा, हलुवा, तरकारी, मासु आदि राखेर पनि बनाइन्छ। अहिले बजारमा बन्ने योमरी देवतालाई चढाउने चलन छैन।

पहिलेको योमरी उठेको आकारमा (गजुर जस्तै) बनाइन्थ्यो, अहिले ढलेको आकार (पुच्छर भएको) बनाइन्छ। यो देवतालाई पूजा गर्न चढाइँदैन। अहिले यो योमरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म फैलिएको छ। नेपालीहरूले हातको सीपबाट तयार गरी यो रोटी बनाउँछन्।
त्यसैले यो योमरी (मन परेको रोटी) हस्तकला योमरी पनि हो। कलालाई योमरी बनाएर पूजा गर्ने दिन पनि यही मंसिर पूर्णिमाको दिन हो। यो योमरी खाना वा चित्र लेख्दा नै यसलाई नेपालको खाना भनेर अन्तर्राष्ट्रिय रूपमा चिनिन्छ। अहिले यो यमरी नेपालको राष्ट्रिय खानामा पर्छ। अहिले मन परेको रोटी मिठाई पसल वा हलवाई पसलहरूले बनाइदिन्छन् र यसको व्यापार गर्छन्।

प्रकृतिले पनि योमरी फलाउँछ। एक प्रकारको बोटमा आएको फललाई पनि योमरी भन्छन्। यो फलभित्र रातो रंग हुन्छ र टिपेर खान सकिन्छ। यो पूर्णिमाको दिन विभिन्न जिल्लामा राष्ट्रको पर्वको रूपमा मनाइन्छ। यो दिन नेपालीहरूले विभिन्न रूपमा यो पर्व मनाउँछन्। वास्तवमा यो दिनलाई धान पूर्णिमा नै भनिन्छ। हाम्रो संस्कृति र पर्वलाई बचाइराखौं।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.