सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना : दुईजनाको मृत्यु, १५ घाइते

सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना : दुईजनाको मृत्यु, १५ घाइते

काठमाडौं : उत्तर प्रदेशको बलरामपुरमा सोनौलीबाट दिल्ली जाँदै गरेको बस ट्रकसँग ठोक्किद दुईजनाको मृत्यु भएको छ। १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो।

बलरामपुरका प्रहरी अधीक्षक विकास कुमारले बसबाट दुईजनाको शव निकालिएको र १५ जना घाइते भएको बताए। घाइतेहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ।

उनले आगलागीको कारण अनुसन्धान भइरहेको बताए। छ जना यात्रु गम्भीर घाइते भएका र उनीहरूलाई लखनऊ रेफर गरिएको उनले बताए। दुर्घटना बलरामपुरको फुलवारिया बाइपासमा सोमबार राति करिब २ बजेतिर भएको थियो।

प्रहरीका अनुसार बाँकी यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। स्थानीय र प्रहरी घटनास्थल पुगेर उद्धार कार्यमा जुटेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.