शोकलाई शक्तिमा बदल्दै हङकङ

शोकलाई शक्तिमा बदल्दै हङकङ

हङकङ : बुधबार करिब २ बजे हङकङ स्थित पाइपो वाङ फुक कोर्टमा लागेको भीषण आगलागीबाट फायर फाइटरसहित १ सय ५१ जनाले ज्यान गुमाए, यो संख्या अझै बढ्ने स्थितिमा छ। १२ जना फायर फाइटरसहित ७९ जना गम्भीर घाइते छन् भने सयौंको स्थिति अझ अज्ञात रहेको छ। 

वाङ फुक कोर्ट स्थित ८ वटा ब्लकमा पुनर्निर्माण कार्य जारी थियो। वरिपरि ब्याम्बो स्कापफोल्डिङ, अत्यन्त प्रज्वलनशील प्लास्टिकको जाली र झ्यालहरूमा प्रज्वलनशील स्टाइरोफोम क्लोटिङ लगाइएका कारण ७ वटा ब्लकहरूमा तीव्र रूपमा आगो फैलिएको प्रारम्भिक अनुसन्धानमा बताइएको छ। आगोको तीव्र फैलावट, बाहिरी वातावरणबाटै खतरनाक गन्ध र तापका कारण भित्रसम्मै पुगेर सबैलाई उद्धार गर्न नसकिएको फायर फाइटरहरू बताउँछन्। 

लामो समयदेखि हङकङमा ब्याम्बो स्कापफोल्डिङ प्रयोग नगरेर मेटल स्काफफोल्डिङलाई बढावा दिने भनिए पनि पुरानै पाराको ब्याम्बो स्कापफोल्डिङ बढी मात्रामा प्रयोग हुँदै आइरहेको थियो। कन्सट्रक्सन कम्पनी, इन्जिनियर्स, ढेकेदारलगायत सम्बन्धित पक्षहरूमा काम गर्नेहरूले सुरक्षालाई मध्यनजर नगरी अति प्रज्वलनशील निर्माण सामग्रीहरू प्रयोग गरेको कारण वाङ फुक कोट आगलागी नियन्त्रणबाहिर गएको भन्दै अनुसन्धानका लागि ११ जनालाई प्रक्राउ गरिएको छ। सहायक प्रहरी आयुक्त लाम भन्छिन्–स्थलगत अनुसन्धानको प्रक्रिया तीनदेखि चार हप्ताभित्रमा पूरा हुनेछ र सकेसम्म चाँडो बासिन्दाहरूका लागि यो ठाउँ पुनः सञ्चालन हुनेछ। 

तीन दिनको शोक अवधिमा हङकङका सबै सरकारी भवनहरूमा राष्ट्रिय झन्डा आधा झुकाइयो  भने सरकारद्वारा आयोजित सबै प्रकारका मनोरञ्जनात्मक कार्यक्रम, उत्सवहरू स्थगित गरिएको छ। आगलागीबाट मृत्यु भएकाहरूलाई श्रद्धाञ्जलि अर्पण गर्न र पीडित परिवारहरूलाई सान्त्वना प्रदान गर्नका लागि होम अफियर्स डिपार्टमेन्टले १८ वटा जिल्लामा शोक पुस्तिकाहरू राखिएको थियो। शोक पुस्तिका शनिबारबाट डिसेम्बर १ तारिकसम्म राखियो।

 बिहान ९ बजेबाट साँझ ९ बजेसम्म श्रद्धाञ्जलि अर्पण गर्नका लागि स्थानीय बालबालीका, वृद्धा, व्यवसायीको भिड लागिरहेको छ। पुस्तिका सेन्ट्रल, वानचाई, इस्टर्न, साउर्थन, कौलनसिटी, कौनटङ, सामसेउ पो, वाङताई सिन, याउचिमोङ, आइल्यान्ड, क्वाइचिङ, नोर्थ, साईकुङ, सातिन, ताइपो, चुनवान, चुनमुन, युङलोङ जिल्लाका स्थानिय कम्युनिटी भवनहरूमा राखिएको थियो।  

सरकारी तवरबाट पीडितलाई राहत दिनका लागि आइतबार दिउँसोसम्म हङकङ डलर १.२ विलियन रकम जम्मा भएको थियो, जसमा ९ सय मिलियन पब्लिकको डोनेसन र ३ सय मिलियन सरकारको तर्फबाट आगलागी पीडित राहत कोषमा रकम जम्मा भएको छ। 

१ हजार ९ सय बढी पीडित परिवारहरू आफ्नो विवरणसहित सरकारको आगलागी पीडित समूहमा नाम रजिस्ट्रर गराइसकेका छन्। आइतबार दिउँसोसम्म १ हजार ४ सय २० परिवारलाई तत्काल राहतका लागि १० हजार हङकङ डलर प्रदान गरिएको छ। सोमबारबाट प्रत्येक मृतकका परिवारलाई हङकङ डलर २ लाख नगद र प्रतिपरिवार ५० हजार डलर जीविकोपार्जन भत्ता वितरण गरिने सरकारी अधिकारीले जानकारी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.