प्रि ओपन सेसनमा करिब साढे ४ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ४.३३ अंकले घटेर २६४०.९० विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ५२ वटा स्क्रिप्सको ७ हजार २८६ कित्ता सेयर ४० लाख ३० हजार ७५५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकाध्ये १५ वटा स्टक्सको मूल्य बढ्दा ३१ वटाको घट्यो। बाँकी ३ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !