election background

प्रतिनिधि सभा निर्वाचन २०८२

निर्धक्क भएर चुनावको तयारीमा जुटन आग्रह

निर्वाचनको वातावरण सृजना गर्न प्रदेश सरकारको भूमिका महत्त्वपूर्ण : गृहमन्त्री

निर्वाचनको वातावरण सृजना गर्न प्रदेश सरकारको भूमिका महत्त्वपूर्ण : गृहमन्त्री
तस्बिर : अन्नपूर्ण

धनगढी : गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन हुने दावी गरेका छन्। केहि थान हतियार र फरार कैदीबन्दी बाहिरै रहेको अवस्थामा फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्न उनको आग्रह छ।

गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा धनगढीमा मंगलबार सुरू भएको सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्दघाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन्।

गृहमन्त्री अर्यालले यो सरकारको मुख्य कार्यभार घोषित मितिमै भयरहित,स्वच्छ,स्वन्तन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्नु रहेको बताए। उनले भने,'कुनै पनि बहाना र शंकामा निर्वाचन नहुनु पर्ने कारण नै छैन। यो निर्वाचन सम्पन्न गर्न सरकार कटिवद्ध छ । त्यसका लागि सम्पूर्ण शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन लागिपरेका छौं।'

 
मन्त्री अर्यालले हाल देशभर ४ हजार ५५२ कैद बन्दी फरार रहेको र तीमध्ये पनि कर्तव्य ज्यान र जघंन्य अपराधका धेरै न्यून रहेको बताए। कुल ७२७ हात हितयार सरकारले फिर्ता ल्याइसकेको उनले जानकारी दिए।
  
यस्तै मन्त्री अर्यालले अहिलेको सरकारको प्रमुख दायित्व विधिको शासन,हस्तक्षेप मुखी प्रशासन र भ्रष्टाचार शून्य सहनशीलता अन्त्य नै रहेको उल्लेख गरे।
कुशासन र वेथितिकाविरुद्ध जेन-जी युवाहरूले उठाएका माग र भाद्र २३ र २४ गतेको घटनापछि  सरकार र गृह प्रशासनले शान्ति सुरक्षा,अपराध नियन्त्रण,सुशासन, सेवा प्रवाहको प्रभाकारिता र समन्वयात्मक कार्यमा निष्ठा पूर्वक कार्य गरिरहेका छौँ,' मन्त्री अर्यालले भने।

मन्त्री अर्यालले भने,'भाद्र २३ र २४ गतेको घटनापछि सुरक्षा संयन्त्रहरूको कार्यसम्पादन दैनिक प्रशासनिक  कार्यमा समेत असर परेको थियो। भौतिक पूर्वाधार, सवारी साधनमा क्षति पुगेको कारण नियमित कार्यहरूमा समेत प्रभाव परेकोमा अब हामी लयमा फर्केका छौँ र सुरक्षाको अवस्था पनि सामान्य बनेको छ । सबैको प्रयास,सहयोग र रचनात्मक सुझावको लागि धन्यवाद  दिन चाहन्छु। '

सरकारले वार्ता,संवाद र छलफललाई प्राथमिकता दिएको उल्लेख गरे। निर्वाचनको वातावरण सृजना गर्न प्रदेश सरकारको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.