बाजुराको मार्तडी बजारमा आगलागी
मंसिर १६, २०८२ मंगलबार १४:१६:१७
बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा आगलागी भएको छ। बजारको बडिमालिका नगरपालिका- ८ मा रहेको सागर फर्निचर उद्योगमा आगलागी भएको हो।
स्थानीय र प्रहरीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ।स्थानीय, नेपाली सेना र प्रहरीको सक्रियतामा आगो नियन्त्रण आएको छ।
विद्युत सर्ट भएर आगलागी भएको बुझिएको छ।