सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम समेत खुम्चिदै

सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम समेत खुम्चिदै

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको नेप्से परिसूचक आज पनि सोही दिशालाई निरन्तरता दिएको हो।

आइतबार  २६.५१ अंकले घटेको नेप्से सोमबार ४.२८ अंकले घटेको थियो। कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। सोमबार ४ अर्ब ७१ करोडको सेयर कारोबार भएकोमा यसदिन ४ अर्ब ४८ करोडको कारोबार भयो। आइतबार  ७ अर्ब ८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

मंगलबार ३२४ स्क्रिप्सको १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयर ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार  १४९ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक सामान्य अंकले घटे पनि ६ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

सागर डिष्टिलरी,स्वस्तिक लघुवित्त वित्तीय संस्था,झापा इनर्जी,माविलुङ इनर्जी र बुंगल हाइड्रोको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ग्री भन्चर्सका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.८५ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्षस्थानमा रह्यो।  सो कम्पनीको ३१ करोड मूल्य बराबरको कारोबार भयो। माउन्टेन इनर्जीले २२ करोडको सेयर कारोबार गर्दा नगदी ग्रुपको १६ करोड,ग्रीन भेन्चर्सको ११ करोड र युनाइटेड मोदी हाइड्रोपावरको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १२५ वटा स्टक्सको मूल्य बढ्दा ११९ वटाको घट्यो। १३ वटा स्टक्सको मूल्य अस्थिर रह्यो। ८ वटा समूहको उपसूचक बढ्दा पाँचवटाको उपसूचक नकारात्मक देखिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.