बजेट स्वीकृत नगराइ लाखौं रकम हिनामिना

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसमेत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले रौतहटको कटहरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साहसमेत ७ जना र सरिता फाउण्डेसन काठमाडौंविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, सहायक लेखापाल विवेक कुमार सहनी,सहायक स्तर पाँचौं राम नरेश प्रसाद यादव,सहायक कम्प्युटर अपरेटर उमेश कुमार दास,खरिदार कौशल किशोर चौधरी र छोटेलाल मिश्रविरुद्ध मुद्दा दायर भएको हो।

यसैगरी आयोगले सरिता फाउण्डेसन काठमाडौं र सरिता फाउण्डेसनका निर्देशक सरिता कुमारी साहलाई विपक्षी बनाएको छ। उनीहरूविरुद्ध जनही ९ लाख ९८ हजार ९२१ रुपैयाँ विगो माग गरेको छ।

आर्थिक वर्ष २०७७/०७८ को नगरसभाबाट बजेट स्वीकृत नगराई सरिता फाउण्डेनको नाममा पाँच लाखको चेक काटी मिलेमतोमा रकम हिनामिना गरेको भन्ने उजुरी उनीहरूविरुद्ध परेको थियो।

सोही उजुरीको आधारमा अनुसन्धान हुँदा प्रतिवादीहरूले बदनियतपूर्वक सरकारी रकम ९ लाख ९८ हजार  ९२१ रुपैयाँ भुक्तानी लिइ/दिइ हिनामिना गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। सोही रकम बराबरको विगो र सजाय माग गरि आरोप- पत्र दायर गरेको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.