पावरप्लेमा पोखराको राम्रो सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको २१ औं खेलमा पोखरा एभेन्जर्सले पावरप्लेमा ४४ रन बनाएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले पावरप्लेमा १ विकेट गुमाउँदै ४४ रन बनाए। कप्तान कुशल भुर्तेल १८ रनमा क्याच आउट भए।
एडम रोसिङ्टन २१ र जासन रोय ५ रनमा अविजित रहे।
कर्णालीका लागि पहिलो विकेट मार्क वाटले लिए।
प्रतिक्रिया दिनुहोस !