पावरप्लेमा कर्णाली याक्सकाे राम्रो सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो संस्करण लिग चरणको २१ औँ खेलमा कर्णाली याक्सले पवारप्लेमा राम्रो सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली याक्सले पावरप्लेमा १ विकेटको क्षतिमा ६९ रन बनाएको छ।
पहिलो विकेटको रुपमा प्रियांक पञ्चाल १६ रनमा क्याच भए।
ओपनर मार्क वाट ४९ र जय किशन कोल्सावाला २ रनमा अविजित खेलिरहेका छन्।
पोखरा एभेन्जर्सका लागि धनन्जय लक्सनले १ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !