कर्णालीलाई हराउँदा पोखराको प्लेअफ सम्भावना कायमै, कर्णाली बाहिरियो

कर्णालीलाई हराउँदा पोखराको प्लेअफ सम्भावना कायमै, कर्णाली बाहिरियो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २१ औँ खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्सले प्लेअफ सम्भावना कायमै राखेको छ। 

यो खेलमा हार बेहोरेसँगै प्लेअफ सम्भावनाबाट बाहिरिएको छ। प्लेअफ चरणबाटै बाहिरिने कर्णाली पहिलो टिम बन्यो । 

 त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०१ रन बनाएको थियो। 

पोखराले दिएको २०२ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रन बनाउँदै अलआउट भएको हो।  

कर्णाली याक्सका लागि मार्क वाटले सर्वाधिक ५९ रन बनाए। उनले ३४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। प्रियांक पञ्चालले १६, पवन सर्राफले १९, नाजिबुल्लाह जद्रानले २४, सोमपाल कामीले १३ रन, दिपेन्द्र रावतले १० रन बनाए। 

पोखरा एभेन्जर्सका लागि बलिङ तर्फ क्रषि धवन र धनन्जय लक्सन समान ३–३ विकेट लिए।  किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले १–१ विकेट लिए। 

त्यसअघि टस हारेर ब्याटिङ गरेको पोखराका लागि एडम रोसिङ्टनले १०८ रनको अविजित पारी खेले । उनले ५८ बलमा ११ चौका र ७ छक्का पहार गरे। 

पहिलो विकेटको रुपमा कुशल भुर्तेल १८ रन बनाउँदै क्याच भएका थिए। दोस्रो विकेटका लागि जसन रोय र एडम रोसिङ्टनले १२७ रनको साझेदारी गर्दै पोखराको स्कोर उकासेका थिए। दोस्रो विकेटको रुपमा जसन रोय ४६ रनमा क्याच भए। 

धनन्जय लक्सन २३ रनमा अविजित रहे। तेस्रो विकेटका लागि लक्सन  र एडमले ४० रनको अविजित साझेदारी गरे। 

कर्णाली याक्सका लागि नन्दन यादव र मार्क वाटले १–१ विकेट लिए। 

पोखराले ४ खेलमा ३ हार र १ जित दर्ता गरेको छ। पोखराले पहिलो खेलमा विाटनगर किंग्ससँग ५३ रनले हार बेहोरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिमसँग १८ रनले हार बेहोर्यो। तेस्रो खेलमा पोखराले जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको थियो। 

कर्णालीले ५ खेलमा ४ हार र १ जित दर्ता गरेको छ। पहिलो खेलमा कर्णाली चितवन राइनोजसँग ४ विकेटले हार बेहोरेको थियो। लुम्बिनी लायन्सलाई ९ विकेटले हराएको थियो। तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रन, चौथो खेलमा विराटनगर किंग्ससँग ३ विकेट र पाँचौं खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो। 

बुधबार विराटनगर किंग्स र लुम्बिनी लायन्सको खेल रहेको छ।
 


   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.